१७ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा आयोजना हुने युरोकप फुटबलका लागि वेल्सको टोली घोषणा भएको हो । वेल्सका प्रशिक्षक रोब पेजले आइतबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
वेल्सले घोषणा गरेको टिममा युवा खेलाडी रुबिन कोलविलले पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । १९ वर्षीय अट्याकिङ मिडफिल्डर रुबिन कार्डिफ सिटीबाट खेल्ने गर्छन् ।
वेल्सको टिममा ३ गोलकिपर ९ डिफेण्डर १० मिडफिल्डर र ४ फरवार्ड छन् ।
आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपमा वेल्स समूह ए मा छ । समूह चरमा वेल्सले इटली, टर्की र स्वीट्जरल्याण्डसंग खेल्नेछ ।
सन् २०१६ मा पहिलो पटक युरोकप खेलेको वेल्स डेब्युमै सेमिफाइनल पुगेको थियो ।
युरोकपको १६औं संस्करण विभिन्न ११ देशमा आयोजना हुँदैछ ।
२६ सदस्यीय वेल्स टोली
गोलकिपर : वायने हेन्से, डानी वार्ड, एडम डेभिस
डिफेण्डर : क्रिस गुन्टर, बेन डेभिस, कोनोर रोवर्ट्स, क्रिस मेफम, जोए रोडोन, जेम्स लरेन्स, नेको विलियम्स, राएस नरिङ्गटन डेभिस, बेन काबान्गो
मिडफिल्डर : आरोन राम्से, जोए एलन, जोनी विलियम्स, ह्यारी विलियम्स, एथान अम्पाडु, डेभिड ब्रुक्स, जोए मोरेल, म्याट स्मिथ, डाएलन लभिट, रुविन चिलवाल
फरवार्ड : गारेथ बेल, किएफर मुर, टेलर रोवर्ट्स, डानिएल जेम्स