Monday, July 27, 2026
Homeअपराध र घटनासुनसरीमा दुई समुदायबीच झडप: एक जनाको मृत्यु, सुरक्षाकर्मीसहित २४ जना घाइते

सुनसरीमा दुई समुदायबीच झडप: एक जनाको मृत्यु, सुरक्षाकर्मीसहित २४ जना घाइते

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार शनिबार राति करिब १०:३० बजेदेखि सुरु भएको झडपमा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। उनलाई कुन हतियारबाट गोली लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो भने सशस्त्र प्रहरी बलले सात राउण्ड गोली चलाएको जनाएको छ।

झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित १० जना नेपाल प्रहरी तथा ५ जना सशस्त्र प्रहरी घाइते भएका छन्। साथै, ९ जना स्थानीय बासिन्दा पनि घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कप्तानगञ्जस्थित एक मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। त्यसअघि सोही क्षेत्रमा रहेको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको विषयले पनि तनाव बढाएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका