Tuesday, May 26, 2026
Homeसूचना प्रविधिमानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्ने

मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्ने

एलन मस्कले मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गरेर सधैंका लागि बाच्न सक्ने बताएका छन् । ‘मलाई लाग्छ यो सम्भव छ,’ मस्कले हालै मात्र इनसाइडरलाई बताएका छन् । ‘हो वास्तवमै हामी वस्तुहरुलाई डाउनलोड गर्न सक्छौं । यो अविश्वसनीय हुने हामीलाई लागेको छ । यदि तपाईं शरीरमा हुनुहुन्न भने पनि त्यो निश्चित रुपमा फरक हुनेछ । तर हामीले आफ्नो स्मृतिलाई, हाम्रो व्यक्तित्वलाई सुरक्षा गर्न सक्छौं,’ उनको भनाई थियो ।

मस्ककातर्फबाट यस किसिमको प्रविधि आजको कम्प्यूूटरको मेमोरीको स्वरुपबाट क्रमिक रुपमा  उत्पन्न हुनेछ । ‘हाम्रा मेमोरीहरु हाम्रा फोन र कम्प्युटरमा चित्र वा भिडियोको रुपमा संग्रह भइरहेका छन्,’ उनले बताए । कम्प्युटर र फोनले हाम्रो संचार गर्ने क्षमतालाई बढाइ दिन्छ । हामीले पहिलेनै मानव दिमागलाई कम्प्युटरको माध्यमबाट बढाएको छ । सिन्थेटिक शरीरहरुमा चेतनाहरु डाउनलोड  गरेर मानव जीवनलाई लम्ब्याउने अवधारणा दशकौंसम्म मानव विज्ञान कथाको फिक्चर भएको छ । १९६४ को साइ फाइ उपन्यास ‘डुने’ले यी प्राणीहरुलाई साइमेक्स भनेको थियो ।

केही विज्ञहरु आज पनि दिमाग अपलोडिङ गर्ने प्रविधिले यसलाई सम्भव बनाउने विश्वास व्यक्त गरेका छन् । तर, यसको समयसीमा अत्यन्त अस्पष्ट भएको बताएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका