हरेक वर्ष प्रदान गरिने भारतको नेसनल फिल्म अवार्डमा यस वर्ष हिन्दी फिल्मका कलाकार मनोज वाजपेयी र तमिल फिल्मका कलाकार धनुषले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । वाजपेयीलाई ‘भोंसले’ र धनुषलाई ‘असुरन’ फिल्मका लागि उत्कृष्ट ठहर्याइएको हो । अभिनेत्रीमा भने हिन्दी फिल्म ‘मणिकर्णिका’ र ‘पंगा’का लागि कंगना रनावत उत्कृष्ट घोषित भइन् ।
दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको फिल्म ‘छिछोरे’ उत्कृष्ट हिन्दी फिल्म घोषित भयो । अवार्ड घोषणा गत मे महिनामा नै गर्ने तयारी थियो । तर कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो ।
तमिल फिल्म ‘सुपर डिलक्स’का लागि विजय सेतुपतीले सहअभिनेता र ‘तास्कन्द फाइल्स’ का लागि पल्लवी जोशीले सहअभिनेत्रीको अवार्ड पाइन् । प्रियदर्शनले निर्देशन गरेको मलयाली फिल्म ‘मरक्कर लायन अफ दि अरेबियन सी’ उत्कृष्ट फिल्म घोषित भयो भने ‘बहत्तर हूरें’का लागि संजय पुरन सिंह चौहानले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।
सोहिनी चटोपाध्यायले उत्कृष्ट फिल्म समीक्षकको अवार्ड पाइन् । फिल्ममाथि लेखिएको उत्कृष्ट पुस्तकको पुरस्कार सन्जय सुरीको पुस्तक ‘अ गान्धियन अफेयर : इन्डियाज क्युरियस पोट्रेयल अफ लभ इन सिनेमा’ले पायो ।
कान्तिपुरबाट सभार
प्रकाशित : चैत्र ९, २०७७ १९:१३
सुर्खेत — प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले सिफारिस गरेको छ ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी एमाले प्रवेश गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।
माओवादी प्रमुख सचेतक सीता नेपालीले दलको बैठकमा नआएका कारण रेग्मीलाई स्पष्टीकरणसमेत सोधिएको बताइन् । उनका अनुसार आवश्यक कारबाहीका लागि प्रदेश कमिटीमार्फत केन्द्रमा सिफारिस गरिएको छ ।
एमालेले रेग्मीलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।
प्रकाशित : चैत्र ९, २०७७ १९:०५





