Monday, January 13, 2025
Homeअन्तराष्ट्रियभारतमा अब दैनिक कोरोना संक्रमण घट्न लागेको हो?

भारतमा अब दैनिक कोरोना संक्रमण घट्न लागेको हो?

पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा मे महिना सुरू भएसँगै केही राज्यहरूमा दैनिक संक्रमितको संख्या घट्न थालेको देखिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार महाराष्ट्र, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगना, मध्य प्रदेश र उत्तराखण्डमा केही दिनयता दैनिक संक्रमित थपिने क्रम घटेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अप्रिल ३० मा एकैदिन भारतभर  ४ लाख बढी नयाँ सक्रमित थपिएका थिए। त्यसअघि दिनदिनै नयाँ रेकर्डमा थपिने संक्रमित पछिल्ला तीन दिनमा भने घटेका छन्। मे १ मा ३ लाख ९२ हजार, मे २ मा ३ लाख ६८ हजार हुँदै मे ३ मा ३ लाख ५५ हजार संक्रमित थपिएका छन्।

सरकारले भने अहिले नै कोरोना संक्रमण घट्न थाल्यो भनेर ढुक्क हुने स्थिति नभएको बताएको छ। संक्रमण घटे पनि भारतमा अहिले पनि दैनिक मृत्यु हुनेको संख्या ३ हजारभन्दा माथि छ। सोमबारमात्रै ३ हजार ४ सय ३४ संक्रमितले ज्यान गुमाएका छन्।

यसअघि अत्याधिक संक्रमण फैलिएका राज्यमा संक्रमण दर घटे पनि बिहार, आन्ध्रप्रदेश, केरला राज्यमा भने दैनिक संक्रमण बढिरहेको छ।

भारतमा अहिलेसम्म २ करोड २७ लाख बढी मानिसमा कोरोना संक्रमण भएको छ भने २ लाख २२ हजारले ज्यान गुमाएका छन्। अहिले भारतमा ३४ लाख कोरोनाका सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका