Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियपेरिस ओलम्पिकको पहिलो फुटबल खेलमा २ घण्टा खेल स्थगित: किन हंगामा भयो...

पेरिस ओलम्पिकको पहिलो फुटबल खेलमा २ घण्टा खेल स्थगित: किन हंगामा भयो ?

काठमाडौं: पेरिस ओलम्पिकको पहिलो फुटबल खेलमा मोरक्कोले अर्जेन्टिनालाई पराजित गरेको छ । तर यो खेल अन्य कारणले पनि चर्चामा छ ।

मोरक्को र अर्जेन्टिनाबीचको खेल फ्यानहरुको बबाल र कोलाहलका कारण करिब दुई घण्टाका लागि स्थगित भएको थियो ।

ओलम्पिकको पहिलो फुटबल खेलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ ले हराएको थियो । मोरक्कोको यो जित विवादास्पद रहेको बताइएको छ ।

खेलको अन्त्यतिर मोरक्को २–१ ले अगाडि थियो । दोस्रो हाफको अन्त्यमा १५ मिनेटको इन्जुरी टाइमको १६औं मिनेटमा अर्जेन्टिनाका क्रिष्टियन मेडिनाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

मेडिनाले बराबरी गोल गरेपछि खुसी मनाउँदै गरेका अर्जेन्टिनाको टोलीमाथि बोतल र कप प्रहार गरिएको थियो । फ्याँकिएका केही बोतल खेलाडी र कर्मचारीको नजिकै खसेका थिए ।

मोरक्कोको रङको जर्सी लगाएका केही दर्शक पिचतर्फ दौडिरहेको देखिए पनि उनीहरूलाई मैदानबाट बाहिर निकालियो । प्रहरी पुगेपछि रेफ्रीले खेलाडीलाई पनि मैदानबाट बाहिर निकालेका थिए ।

दर्शकको बबाल र कोलाहलका कारण लामो समयपछि दर्शकविहीन खेल पुनः सुरु भएको थियो ।

भीएआर समीक्षाका आधारमा इन्जुरी टाइममा अर्जेन्टिनाले गरेको गोल अस्वीकृत भएपछि मोरक्कोले खेल २–१ ले जित्न सफल भयो ।

मोरक्कोका लागि दुवै गोल सोफियान रहिमीले गरेका थिए । रहिमीले हाफ टाइमअघि पहिलो र दोस्रो हाफको सुरुमै पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका