Sunday, June 7, 2026
Homeअपराध र घटनापर्सामा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ

पर्सामा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा), १८ असार: स्रोत नखुलेको रु २८ लाख २८ हजार बराबरको हुण्डी रकमसहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवाललाई रु ९ लाख ४७ हजार, वीरगञ्ज महानगरपालिका–३ का विनितकुमार श्रीवास्तवलाई रु १५ लाख ८१ हजार, र बाराको परवानीपुर गाउँपालिका–४ का दीपककुमार सोनारलाई रु ३ लाख नगदसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूलाई प्रारम्भिक अनुसन्धानपछि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, हुण्डी कारोबारले वैदेशिक मुद्राको अवैध सञ्जाल फैलन सक्ने, राज्यको राजस्व नोक्सानी हुने, तथा वित्तीय प्रणालीमा अस्थिरता ल्याउने भएकाले यस्ता गतिविधिमाथि निगरानी कडा बनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका