Tuesday, July 14, 2026
Homeअपराध र घटनानक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद...

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद सजाय

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जनालाई काठमाडौँ जिल्ला अदालतले कैद र जरिवानाको सजाय सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्का को इजलासले सजाय निर्धारण गर्दै यसअघि असार २३ गते ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ तथा ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश दिएको थियो।

अदालतको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, बिचौलिया केशव दुलालसानु भण्डारी सहित सन्देश शर्मा, आङटावा शेर्पा, सागर राईगोविन्दकुमार चौधरी (विक्रम) लाई ४ वर्ष कैद४० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी अधिकारकर्मी टेकनाथ रिजाल लाई २ वर्ष कैद तथा २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई लाई ४ वर्ष कैद तोकिए पनि ७५ वर्षभन्दा माथिको उमेरका कारण कानुनी छुट दिइएको छ। अब उनले ३ वर्ष २ महिना १० दिन कैद४० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्नेछ।

यसैगरी, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जननिरञ्जनकुमार खरेल लाई १ वर्ष कैद१० हजार रुपैयाँ जरिवाना गर्ने फैसला अदालतले सुनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका