काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार यी विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो। प्रमाणीकरणसँगै आगामी आर्थिक वर्षका लागि सरकारले बजेट कार्यान्वयन गर्ने कानुनी आधार सुनिश्चित भएको छ।


