Monday, September 21, 2026
Homeअपराध र घटनात्रिपुरेश्वरमा चालकले आफ्नै बसमा लगाए आगो, जलेर घाइते

त्रिपुरेश्वरमा चालकले आफ्नै बसमा लगाए आगो, जलेर घाइते

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफ्नै बसमा आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका चालक २५ वर्षीय दावा लामाले बसभित्रै बसेर आगो लगाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाका बेला बसमा कुनै यात्रु थिएनन्। चालक लामाले बसभित्रै बसेर आगो लगाएपछि बसमा ह्वारह्वार्ती आगो लागेको थियो। आगलागीपछि घटनास्थलमा पुगेको दमकलले आगो नियन्त्रणमा लिएको थियो।

आफैँले लगाएको आगोमा परेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

चालकले आफ्नै बसमा आगो लगाउनुको कारण भने अझै स्पष्ट भएको छैन। प्रारम्भिक जानकारीअनुसार ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार घटना भर्खरै भएकाले घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका