Tuesday, April 21, 2026
Homeअपराध र घटनाडा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो माग

डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो माग

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै ठेकेदार कम्पनीसँग मिलेमतो गरी सम्झौताअनुसारका सबै सामाग्री नआइसकेको अवस्थामा पनि बदनियतपूर्ण रूपमा सम्पूर्ण सामाग्री आएको भनी गलत पीडीआई प्रतिवेदन, झूटा दाखिला प्रतिवेदन तथा बिल–बिजक तयार गरी भुक्तानी दिई भ्रष्टाचार गरिएको पाइएको हो।

डा. मिश्रासँग १४ करोड रुपैयाँ बराबरको बिगो माग गरिएको अख्तियारले जनाएको छ।

पूर्णपाठको लागि तलको लिंक खोल्नुहोस्।
Ciaa-Arop patra

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका