Homeअपराध र घटनाघरायसी विवादमा चक्कु प्रहार, थानकोटमा एक युवकको हत्या घरायसी विवादमा चक्कु प्रहार, थानकोटमा एक युवकको हत्या By Himalayan Tribune May 17, 2026 0 113 Share FacebookTwitterPinterestWhatsApp काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्दै आएका ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीमाथि चक्कु प्रहार गरेका हुन्। राति करिब ९:१५ बजे घरायसी विषयमा विवाद भएपछि अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षीय जाकिरमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका जाकिरलाई तत्काल सतुङ्गलस्थित अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक जाकिरको स्थायी घर गौशाला नगरपालिका–५ रहेको प्रहरीले जनाएको छ। घटनापछि खटिएको प्रहरी टोलीले आरोपी समि अहमदलाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग गरिएको चक्कु पनि प्रहरीले बरामद गरेको जनाएको छ। प्रहरी वृत्त थानकोट का अनुसार मृतकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ। Share FacebookTwitterPinterestWhatsApp सम्बन्धित समाचार अपराध र घटना ७ अर्ब २२ करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा हिमालयन लाइफका पूर्वसीईओ कर्णलाई २५ लाख धरौटी August 25, 2026 अपराध र घटना गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक जना पक्राउ August 24, 2026 अपराध र घटना बालिका बलात्कार–हत्या प्रकरणको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ August 24, 2026 - Advertisment - ताजा समाचार एसिसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै September 6, 2026 भोटेकोशी बाढीपछि पोखराको पर्यटन प्रभावित, अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्न निजी क्षेत्रको आग्रह September 6, 2026 रसुवा बाढीपछि लमजुङका १० जना सम्पर्कविहीन, राधिका–झपटबहादुरको परिवार अझै खोजीको प्रतीक्षामा September 6, 2026 त्रिशूली बाढीले ५५ किलोमिटर सडक र ३५ पुलमा क्षति, बेलिब्रिज जडान तीव्र September 6, 2026 आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ ४८ पैसासम्म September 6, 2026 Load more धेरै कमेन्ट गरिएका एसिसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै September 6, 2026 प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने February 28, 2021 सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो February 28, 2021 खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान February 28, 2021 नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार February 28, 2021