Friday, June 26, 2026
Homeअर्थ र ब्यापारकांग्रेस महामन्त्री शर्माको दाबी: अर्थनीतिले रोजगारी सिर्जना गरिरहेको छ

कांग्रेस महामन्त्री शर्माको दाबी: अर्थनीतिले रोजगारी सिर्जना गरिरहेको छ

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अर्थनीतिका कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन्। उनले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अंगिकार गरिएको अर्थनीतिले आजको आर्थिक परिप्रेक्ष्य निर्माण गरेको बताए।

महामन्त्री शर्माले भने, “रोजगारीबारे अबमात्रै छलफल सुरु भएको भ्रम पाल्न आवश्यक छैन। अस्थिरता र प्रतिकूलताबीच नेपाली कांग्रेसले अंगिकार गरेको सामाजिक न्यायसहितको उदार अर्थनीतिका कारण रोजगारी सिर्जना भइरहेको छ। निजी क्षेत्रको विकास नेपाली कांग्रेसकै नीतिको देन हो, जुन खुलेर भन्न सकिन्छ। गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीति यसको मुख्य आधार हो।”

उनले संसद पाँच वर्ष टिक्ने दाबी गर्दै संविधान संशोधनका लागि छलफल भइरहेको जानकारी दिए।

मिसन रोजगारी अभियान सुरू
नेपाली कांग्रेसले “राजनीतिक विमर्शको केन्द्रमा रोजगार – सरकारको प्राथमिकतामा रोजगार” भन्ने लक्ष्यसहित “मिसन रोजगारी” अभियान सञ्चालन गरेको छ। आइतवार नेपाली कांग्रेस पार्टी कार्यालय तथा नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा उक्त अभियानको उद्घाटन भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका