Saturday, June 6, 2026
Homeखेलकुदएनपिएलमा आज लुम्बिनी र जनकपुर आमनेसामने, लुम्बिनीका लागि ‘डु–अोर–डाइ’

एनपिएलमा आज लुम्बिनी र जनकपुर आमनेसामने, लुम्बिनीका लागि ‘डु–अोर–डाइ’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

छ खेलबाट छ अंक जोडेको लुम्बिनी लायन्सका लागि आजको खेल प्लेअफ प्रवेशका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छ। लुम्बिनीले जित हात पारेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफ दौडबाट बाहिरिनेछन्।

जनकपुर बोल्ट्सले भने हालसम्म पाँच खेलमा दुई अंक मात्र हासिल गरेको छ र प्लेअफको सम्भावना जीवित राख्न टोलीका लागि आजको खेल जित्नैपर्ने छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका