Monday, August 31, 2026
Homeशिक्षाआज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिन्छ।

सरकारले विसं २०६५ देखि भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवसका रूपमा मनाउँदै आएको हो। पुस्तकालयको महत्व, पठन संस्कृतिको विकास तथा ज्ञान र सूचनामा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले यस दिन विभिन्न कार्यक्रम आयोजना गरिन्छ।

तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्नेसम्बन्धी कानुनमा लालमोहर लागेको ऐतिहासिक घटनाको स्मरणमा भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरिएको हो।

पुस्तकालयलाई ज्ञान, सूचना र अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्दै पठन संस्कृतिलाई प्रवर्द्धन गर्न दिवसले विशेष महत्व राख्दै आएको छ। दिवसका अवसरमा पुस्तकालय, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले पुस्तक प्रदर्शनी, अन्तरक्रिया, गोष्ठी, वाचनलगायतका कार्यक्रम आयोजना गर्ने गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका