Saturday, January 18, 2025
Homeअन्तराष्ट्रियअमेरिका विश्वमा हाँसोको पात्र बन्योः डोनाल्ड ट्रम्प

अमेरिका विश्वमा हाँसोको पात्र बन्योः डोनाल्ड ट्रम्प

काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्वको हाँसोको पात्र बनेको बताएका छन्। उनले यसको प्रमुख कारण सीमा नीति र कमजोर नेतृत्व रहेको स्पष्ट पारे। ट्रम्पले एक्समा पोस्ट गर्दै वर्तमान राष्ट्रपति जो बाइडेनलाई “अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति”को संज्ञा दिएका छन्।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “बाइडेनको खुला सीमा नीतिबारे मैले र्‍यालीहरूमा धेरै पटक भनेको छु कि यसले अमेरिकामा कट्टरपन्थी इस्लामिक आतंकवाद र हिंसात्मक अपराधलाई बढावा दिनेछ। अहिले त्यस्तै भइरहेको छ।”

उनको टिप्पणी नयाँ वर्षको अवसरमा दुई ठूला हिंसात्मक घटनापछि आएको हो।

लुइसियानाको न्यू अर्लिन्समा एक व्यक्तिले जानाजानी भीडमा ट्रक चलाउँदा १५ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। उक्त व्यक्ति चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) बाट प्रभावित भएको बताइएको छ।

त्यस्तै, लस भेगासस्थित ट्रम्प इन्टरनेशनल होटल बाहिर साइबर ट्रक विस्फोट भएको छ। यस घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुरक्षाकर्मीहरूले घटनाको अनुसन्धानलाई तीव्र बनाएका छन्।

ट्रम्पले बाइडेनमाथि आक्रमण गर्दै भने, “उनी (बाइडेन) अयोग्य र भ्रष्ट छन्। अमेरिकालाई बाहिरी र आन्तरिक हिंसात्मक खतराबाट जोगाउनमा ध्यान दिनुको सट्टा उनले आफ्नो समय आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूमाथि आक्रमण गर्नमा खर्च गर्छन्।”

ट्रम्पले डेमोक्र्याटहरूलाई दोष लगाउँदै लेखेका छन्, “देशमा के भइरहेको छ, त्यसका लागि डेमोक्र्याटहरू लज्जित हुनुपर्छ। धेरै ढिलो हुनु अघि सीआईएले हस्तक्षेप गर्नुपर्छ।”

ट्रम्पले आफ्नो पोस्टको अन्त्यमा लेखेका छन्, “अमेरिका टुट्दैछ। बलियो नेतृत्वले मात्र यसलाई रोक्न सक्छ। जनवरी २० मा भेटौँला।”

जनवरी २० मा ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि सपथ ग्रहण गर्नेछन्। उनले अमेरिकालाई पुनः महान बनाउन आफ्नो प्रसिद्ध नारा “मेक अमेरिका ग्रेट अगेन” पनि दोहोर्‍याएका छन्।

ट्रम्पको बयानले अमेरिकी राजनीतिमा बढ्दो ध्रुवीकरणलाई झल्काउँछ। उनका समर्थकहरू उत्साहित छन् भने विरोधीहरू आक्रोशित छन्। देशभित्र सुरक्षा चुनौती र राजनीतिक तनावले ट्रम्पको आगामी कार्यकाल कस्तो हुने हो, भन्ने चासो बढाएको छ।

ट्रम्पको टिप्पणी र अमेरिकाको आन्तरिक अवस्थाले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ। विश्वभरका नेताहरूले अमेरिकी नेतृत्वको स्थायित्व र प्रभावकारिता कस्तो हुने हो भनेर नजिकबाट नियालिरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका