काठमाडौँ — एक नेपाली अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेशन (एनएसएफ)अवार्ड पाएका छन् ।
पोटासियम च्यानल एसेसरी प्रोटिन(केसीएनई३) को संरचना र गतिशिलताको अध्ययनका लागि साहुले यो अनुदान पाएका हुन् । केसीएनई३ स्वास्थ्यसँग सम्बन्धित प्रोटिन रहेको साहुले कान्तिपुरलाई बताए । ‘यो प्रोटिन स्वास्थ्य रोगसँग सम्बन्धित छ । विशेष गरी मुटुसँग सम्बन्धित प्रोटिन पनि हो,’ उनले कान्तिपुरसित फोन कुराकानीमा भने,‘यो प्रोटिनको अध्ययनले मुटु सम्बन्धीको गतिशिलता अध्ययनमा थप जानकारी पाइन्छ ।’
यो अनुसन्धानवृत्ति उनले मार्चमा पाएका हुन् । एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको निकाय हो ।एनएसएफले दिने यो अनुदान(अवार्ड ) पाउनका लागि निकै प्रतिस्पर्धा हुने गर्छ । आफूले पाएको अनुदान रकम विश्वविद्यालयभित्रै खर्च हुने उनले सुनाए ।
सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुर घर भएका ४३ वर्षीय साहु क्याम्बेल्सविल विश्वविद्यालयमा बायोमेडिकल फिजिक्स सम्बन्धीको विषयमा अध्ययन, अनुसन्धान र अध्यायपन गराउँछन् । उनको यो रकम तीन वर्षभित्रमा अनुसन्धानमा खर्च गर्नुपर्नेछ । उनले भने,‘नेपाली अनुसन्धानकर्ताहरुका लागि पनि यो अवसर र हौसला हुन सक्छ ।’ निरन्तरको लगनशिलता र लगावका कारणले यो उपलब्धि हासिल गरेको उनले बताए ।
कान्तिपुरबाट साभार