Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियअमेरिकाका नवनियुक्त राजदूत श्रीधर खत्रीलाई स्वागत

अमेरिकाका नवनियुक्त राजदूत श्रीधर खत्रीलाई स्वागत

अमेरिकाका लागि नवनियुक्त राजदूत प्रा. श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका आएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न राजदूतावासका कार्यबाहक राजदूत कुमार राज खरेल, महावाणिज्यदूत प्रेम राजा महत लगायत दुतावास परिवार त्यहाँ पुगेको थियो।

अमेरिकाका लागि नवनियुक्त राजदूत प्रा. श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका आएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न राजदूतावासका कार्यबाहक राजदूत कुमार राज खरेल, महावाणिज्यदूत प्रेम राजा महत लगायत दुतावास परिवार त्यहाँ पुगेको थियो। बताए । साथै अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गर्ने आफू विश्वस्त भएको बताए ।

त्यसैगरि महावाणिज्यदूत प्रेम राजा महतले पनि राजदूत खत्री आएकोमा हर्ष व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा राजदूत प्रा खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदूतमा नियुक्त गरिएको हो ।

राजदूत प्रा श्रीधर खत्रीले गत बुधबार शपथ ग्रहण गरेका थिए । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत बनाएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई फिर्ता गरेर वर्तमान सरकारले खत्रीलाई नियुक्त गरेको हो । संसदबाट एमसीसी अनुमोदन भएकै दिन खत्री नियुक्त भएका थिए ।

प्राध्यापक खत्री नेपालको अन्तर्राष्ट्रिय मामला विज्ञ मानिन्छन् । उनले लामो समयदेखि नेपालको विदेश नीति निर्माणमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिक विज्ञ हुन् ।


सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका