Monday, January 13, 2025
Homeशिक्षाअन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप सानिमा बैंकको ५ लाख प्रदान

अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप सानिमा बैंकको ५ लाख प्रदान

काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको विद्यार्थीहरूबाट नेपालमै  निर्मित पहिलो स्याटेलाइट ‘नेपाली स्याट–२’ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ । सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष ‘नेपाली स्याट–२’ को निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले ‘ड्रिम प्रोजेक्टको’ रुपमा नेतृत्व गर्दै आएका छन् ।

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म ‘नेपाली स्याट–२ विद्यालय’ नामक स्याटेलाइट निर्माणका लागि एउटा टिम निर्माण गर्ने जनाएका छन् ।

जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘नेपाली स्याट–२’ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण÷प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको जनाएको छ ।

देशभित्र विज्ञान तथा प्रविधिको अन्वेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.आभास मास्केलाई सो रकम उपलब्ध गराइएको बैंकले जनाएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।

रातोपातीबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका