Monday, August 17, 2026
Homeसामाचारउपसभामुख रुबी ठाकुरद्वारा जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध जाहेरी

उपसभामुख रुबी ठाकुरद्वारा जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध जाहेरी

काठमाडौँ । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छन्। उनले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्।

ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले उपसभामुख ठाकुरको जाहेरी परेको पुष्टि गरेका छन्। उनका अनुसार जाहेरीमाथि प्रहरीले अध्ययन गरिरहेको छ।

केही दिनअघि जनआस्थामा उपसभामुख ठाकुरसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुर्‍याएको भन्दै ठाकुरले श्रेष्ठविरुद्ध कारबाहीको माग गरेकी हुन्।

ठाकुरले जाहेरीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेकी छन्।

यसैबीच, यसअघि पक्राउ परेका किशोर श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको छ। साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएपछि श्रेष्ठ पक्राउ परेका थिए। उक्त सामग्रीमा सांसद चौधरीसँग एक युवतीको तस्बिरसमेत सार्वजनिक गरिएको थियो।

सो विषयमा दिपिका सिंहले श्रेष्ठविरुद्ध जाहेरी दिएकी थिइन्। श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। तर, श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका