काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी भदौ १० गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहलाई उपस्थित भएर सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न रुलिङ गरेपछि कार्यक्रम तय भएको हो।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहले संसद्मा सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष रूपमा जवाफ दिनेछन्।
यसअघि सोमबारकै बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए।


