Tuesday, August 11, 2026
Homeखेलकुद३५ खेलसम्म अपराजित रहँदै इटलीले बनायो कीर्तिमान

३५ खेलसम्म अपराजित रहँदै इटलीले बनायो कीर्तिमान

युरो विजेता इटलीले विश्वकप छनोटमा बुल्गेरियासँग १–१ गोलको बराबरी खेलेको छ । युरो २०२० पछि यो उसले खेलेको पहिलो खेल थियो । यससँगै इटलीले ३५ खेलसम्म अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । ९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेन पनि ३५ खेलसम्म अपराजित थिए ।

इटलीलाई फेडरियो चिसाले १६ मिनेटमा अग्रता दिलाएका थिए । तर, बुल्गेरियाले ४० मिनेटमा एटानास इलिभले बराबरी गोल फर्काए ।

२०१८ मा पोर्चुगलसँग युईएफए नेशन्स कपमा हार व्यहोरेयता रोबर्टो म्यान्सिनीको टोली अपराजित छन् । ब्राजिल १९९३ देखि १९९६ सम्म अपराजित थियो । त्यसैगरी, २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका