Thursday, October 22, 2026
Homeसूचना प्रविधिह्वाट्सएपमा अब च्याटबाटै क्रिप्टोकरेन्सी पठाउन सकिने

ह्वाट्सएपमा अब च्याटबाटै क्रिप्टोकरेन्सी पठाउन सकिने

लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपबाट अब च्याट गरेरै क्रिप्टोकरेन्सी आदान प्रदान गर्न सकिने भएको छ ।

ह्वाट्सएपले अमेरिकामा यो फिचर सुरु गरेको हो । हालका लागि पाइलट परियोजनका रुपमा सिमित संख्यामा प्रयोगकर्ताहरुमाझ यो फिचर सुरु गरिएको छ ।

मेटा (साविक फेसबुक) स्वामित्वमा रहेको ह्वाट्सएपको यो फिचर मेटाको डिजिटल वालेट नोभीमा आधारित छ ।

ह्वाट्सएपका सिइओ विल क्याटकार्टले ह्वाट्सएपको नयाँ फिचरको घोषणा गरेका हुन् । उनका अनुसार ह्वाट्सएपबाट क्रिप्टोकरेन्सी आदानप्रदान गर्नु अब च्याटमा तस्वीर तथा फाइलहरु आदानप्रदान गरेजस्तै सजिलो हुनेछ ।

साथै प्रयोगकर्ताहरुलाई ह्वाट्सएपमा क्रिप्टोकरेन्सीको आदानप्रदान गर्दा कुनै शुल्क तिुर्नपर्दैन । ह्वाट्सएपको यो फिचर एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ । ह्वाट्सएपका अनुसार यो फिचरमार्फत् गरिने क्रिप्टोकरेन्सीको भुक्तानी तुरुन्तै हुनेछ ।

स्मरण रहोस् फेसबुक कम्पनीले केही वर्ष पहिले देखिनै क्रिप्टोकरेन्सीमा काम गरिरहेको थियो । फेसबुकले आफ्नै क्यालिब्रा नामक क्रिप्टोकरेन्सी ल्याउने घोषणा पनि गरेको थियो । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका