Thursday, June 18, 2026
Home Blog Page 663

प्रहरी चौकीमा पार्किङमा राखेको प्रहरीकै गाडी चोरी भएपछि…

0

काठमाडौं: मध्यप्रदेशको जबलपुरमा चोरहरुको हिम्मत यति बढेको छ कि अब उनीहरुले प्रहरी चौकी बाहिर पार्क गरिएको प्रहरीकै गाडी चोरेका छन् । यस घटनामा अचम्मको कुरा के छ भने प्रहरीलाई आफ्नै विभागमा सवारी चोरी मुद्दा दर्ता गर्न करिब १० दिन लागेको छ ।

जानकारीका अनुसार यो घटना अक्टोबर १५ मा जबलपुरको संजीवनी नगर थाना क्षेत्रको धन्वंतरी नगर प्रहरी चौकी बाहिर भएको हो । प्रहरीको चिता बाइक चौकीबाहिर पार्किङ गरिएको थियो, त्यही क्रममा एक युवक त्यहाँ पुगे र प्रहरीसँग कुरा गरे ।

त्यसपछि मौका मिल्ने बित्तिकै मोटरसाइकल लिएर भागेका थिए । केही समयपछि प्रहरी चौकीबाहिर पार्किङ गरेका सवारीसाधन हेर्दा चिता बाइक हराइरहेको पाए । यसपछि तत्कालै बाँकी कर्मचारीलाई सोधपुछ गरियो तर बाइकको बारेमा कसैलाई जानकारी थिएन ।

प्रहरीले पहिले उक्त क्षेत्रमा मोटरसाइकल खोज्यो, त्यसपछि प्रहरी चौकी वरपर जडान गरिएका सीसीटीभी क्यामेराहरू जाँच्न थाले। क्यामेरामा एक युवक देखियो, जो बाइक लिएर हिडिरहेको देखियो । यसपछि प्रहरीले उक्त क्षेत्रमा रहेको सीसीटीभी फुटेजको सहयोगमा युवकको पहिचान गर्ने प्रयास गरेको थियो ।

मोटरसाइकल चोरीको यो घटनामा प्रहरीले करिब दश दिनपछि मुद्दा दर्ता गरेको छ । अहिले चोरीको एफआइआर दर्ता गरी युवकको खोजी सुरु गरिएको छ । यस घटनामा मोटरसाइकल चोरी गर्ने युवक मानसिक रूपमा अस्थिर रहेको र उनको पहिचान भइसकेको प्रहरीले जनाएको छ । छिट्टै आरोपीलाई पक्राउ गरी चोरीको मोटरसाइकल बरामद गरिने प्रहरीले जनाएको छ ।

राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन- प्रधानमन्त्री ओली

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताए ।

“अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन ।”

प्रधानमन्त्री ओलीले भने, “नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि । एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।”

हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन आग्रह गरे ।

आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्ने सक्छन् सचेत जनतालाई थाहाँ छ कि हामी कति लोकप्रिय हौँ भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन् ।”

प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौं, चुट्छौँ, मार्छौं, काट्छौँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताए । उनले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताए । उनले सामाजिक सञ्जालमा जथाभावीरुपमा प्रस्तुत हुनेहरुलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको पनि स्पष्ट गरे । सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यतासंगत नभएको बताए । उनले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त उच्चाधिकारीबाट राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गरेका थिए ।

बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह

0

चितवन: जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो ।

यस क्षेत्रमा विगत एक सातादेखि जङ्गली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले
बताउनुभयो । उहाँका अनुसार धान पाक्ने समयमा धान खान आएका हात्ती माडी र ठोरी क्षेत्रमा देखिएका हुन् । हात्तीका कारण रातको समयमा हिँडडुल गर्दा मानवीय क्षति हुनसक्ने भएकाले एक्लै नहिँड्न र हिँड्नै परेमा उज्यालो बनाएर, समूहमा तथा चनाखो भएर हिँड्न निकुञ्ज प्रशासन भनेको छ ।

हात्ती समूहमा छिर्ने र फरकफरक ठाउँमा गएर नागरिकलाई आक्रमण गर्ने, अन्नबाली नष्ट गििदने भएको सूचना अधिकारी थापामगरले बताउनुभयो । धानखेती भित्र्याउने समयमा समूहमा हात्ती आउँदा स्थानीय त्रसित हुने गरेका छन् । नेपालबाट भारत र भारतबाट नेपालमा समयसमयमा जङ्गली हात्ती आवतजावत गर्ने गरेकाले पनि बस्ती असुरक्षित बनेको उहाँले बताउनुभयो ।

“जङ्गली हात्तीलाई लखेट्न निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली परिचालन गरिएको छ”, सूचना अधिकारी थापामगरले भन्नुभयो, “हात्ती भगाउन ढ्याङ्ग्रो ठटाउने, राँको बाल्नेलगायत काम गर्दै आएका छौँ । हात्ती हिंश्रक भएमा प्लाष्टिकको गोलीले हवाई फायरसमेत गर्ने गरी तयारी अवस्थामा छौँ ।”

दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा

0

दाङ: जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।”

उहाँले थप्नुभयो, “यस वर्ष समयमै वर्षा भएपछि रोपाइँ पनि समयमै गर्न पाइएको थियो । धानखेती राम्रो भएको छ, उत्पादन बढ्नेमा ढुक्क छौँ । बाली भित्र्याउन नपाउँदै वर्षा भएमा ठूलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ ।”

शोभा मात्र होइन अहिले जिल्लाका अधिकांश क्षेत्रका किसान बिहानदेखि बेलुकासम्म आफ्नो खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन् । दसँैअगावै यहाँका केही स्थानमा किसानले धान काट्न सुरु गरे पनि अहिले सबै ठाउँमा किसानलाई धान काट्न चटारो परेको छ ।

बिहान ७ बजे नै खेतमा धान काट्न आउने गरेको र बेलुका ५ बजे मात्र घर फर्कने गरेको बताउनुहुन्छ सोही गाउँकी सावित्रा भण्डारी । उहाँ भन्नुहुन्छ, “मौसम परिवर्तन भएपछि पाकेको धान बिग्रिन्छ, त्यसैले अहिले तिहारको तयारी नगरेर धान काट्न व्यस्त छौँ । विशेष गरेर दाङको देउखुरी क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले त्यहाँ किसानले धान काटेर दाईंगरी रहेका छन् भने अन्य स्थानमा किसान धान काट्न व्यस्त छन् ।”

यसपाली धानखेतीका लागि आवश्यकपर्ने मलखादको समस्या नहुँदा र समयमै वर्षा पर्याप्त भएकाले उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र दाङका अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो ।

केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस तीन सय १२, लगायत बर्णशङ्कर जातका धान लगाएका छन् । कम पानी हुने ठाउँमा सुक्खा १, सुक्खा २, सुक्खा ३ जातको धान लगाइएको छ ।

जिल्लाको ३९ हजार चारसय हेक्टरमा धानखेतीका लागि उपयुक्त भए पनि किसान केही जमिनमा बाह्रैमासे तरकारीखेती गर्ने गरेकाले जिल्लामा यस वर्ष ३७ हजार दुईसय २५ हेक्टर जमिनमा धान लगाइएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष दाङमा ३५ हजार तीनसय २८ हेक्टर जमिनमा धान लगाइएकामा एक लाख ४४ हजार दुई सय ६४ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको
छ ।

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

0

काठमाडौँ: प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताउनुभएको छ ।प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औँल्याउनुभयो ।

न्याय प्रणालीलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरोकार राख्ने निकायबीचको समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानन्यायाधीश राउतले वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणका आधारमा अनुसन्धान गर्न जरुरी रहेको बताउनुभयो ।

संविधान र कानुनको सिद्धान्तका आधारमा न्यायलाई नतिजामुखी बनाउन सफल अनुसन्धानले सहयोग गर्ने उल्लेख गर्दै उहाँले यहाँ आज आयोजित कार्यशालाले न्यायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता रमेश बडालले कतिपय अपराध अनुसन्धाका फाइल हेर्दा अनुसन्धान अपुरै रहेको देखिने गरेको भन्दै यसतर्फ अनुसन्धान अधिकृतहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले कुनै पनि अपराधको अनुसन्धानमा बयानले मात्रै नपुग्नेमा जोड दिँदै उहाँले वस्तुनिष्ठ तथ्य, फिङ्गर प्रिन्ट वा त्यस्तै प्रमाण जरुरी हुने बताउनुभयो ।

लागुऔषधका आरोपीमाथिको अनुसन्धानको उदाहरण दिँदै उहाँले त्यस्ता व्यक्तिको अनुसन्धानका लागि शरीरमा लागुऔषधको तत्व देखिएको प्रमाण आवश्यक हुनेतर्फ अनुसन्धान अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

गृहसचिव गोकर्णमणि दुवाडीले आजको कार्यशालाले फौजदारी न्यायप्रणाली सुधारका विषयमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास गरिएको बताउनुभयो । उहाँले राज्यका निकायप्रति नागरिकको विश्वास जगाउनु चुनौती खडा हुँदै गएको बताउँदै प्रविधिको विकाससँगै अपराधमा पनि नयाँ शैलीको प्रयोग हुन थालेकाले अनुसन्धानलाई थप प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुरको वैज्ञानिक र वस्तुनिष्ठ प्रमाणले स्वच्छ र निष्पक्ष न्याय प्रथान गर्ने बताउँदै सफल अनुसन्धानले नेपाल प्रहरीको शाख र गरिमा बढाउने उल्लेख गर्नुभयो । उहाँले प्रमाणमुखी अनुसन्धानलाई प्रहरीले जोड दिएको पनि बताउनुभयो ।

अझै पनि परम्परागत अपराधको बाहुल्यता रहेको जानकारी गराउँदै प्रहरी महानिरीक्षक कुँवरले परम्परागत अपराध अनुसन्धानका साथै आधुनिक अनुसन्धान प्रणालीलाई पनि सँगसँगै लगिएको बताउनुभयो । उहाँले आजको कार्यशालाले फौजदारी न्याय प्रणालीको सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह

0

काठमाडौँ: उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् ।

उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् ।

भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरुले शुल्क तिर्ने उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले उद्योगमा विद्युत् कटौती भएको विषयमा ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणलगायत सरोकार भएका निकायसँग छलफल गरी यथाशीघ्र समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले उद्योगीले प्रयोग गरेको लाइनबापतको रकम तिर्नुपर्ने भन्दै प्राधिकरणले पनि लाइन काट्न नहुने धारणा राख्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत्को बारेमा लाल आयोगले अध्ययन गरिसकेकाले उक्त आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र मन्दीमा रहेका बेला उद्योगको लाइन काट्दा थप समस्या उत्पन्न हुनसक्ने भएकाले यथाशीघ्र समस्याको समाधान गर्न विभागीय मन्त्रालय लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिवद्धय सुरेश आचार्य र सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलगायत मन्त्रालयका उच्च पदस्थ अधिकारी एवं उद्योगी व्यवसायीको सहभागिता थियो ।

बझाङी स्याउ एक वर्षमा दुई पटक फल्यो

0

चैनपुर (बझाङ): गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे ।

अहिले दुई साता भइसकेको छ, स्याउ हलक्कै बढेर फलमा आकार देखिन थालेको छ । “दुई सातामा अस्वभाविक तरिकाले बढेको स्याउले सबैलाई अचम्मै बनायो”, खप्तडछान्ना गाउँपालिका–५ का पिठातोलाका स्याउ किसान हरिप्रसाद जोशीले भन्नुभयो, “अहिलेसम्म स्याउको आकार देखिए पनि स्वाद भने आएको छैन ।” यस्तो बेमौसमी स्याउ आफूले कहिल्यै नदेखेको उहाँले बताउनुभयो ।

जोशीले भन्नुभयो, “गत चैतमा टुसाउँन सुरु भएको स्याउ फूलेर, फलेर असारमा सकियो । त्यसपछिका तीन महिना बोटमा पात मात्रै रहन्छ । अहिले तीन महिनापछि भने स्याउ सिधँँै लटरम्म फलेको
देखियो ।”

पाँच वर्षअघि कृषि ज्ञान केन्द्रबाट ल्याएर रोपेको स्याउ असारमा रूखमा कुहिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष फलेको स्याउ असारमा कुहिएर बोट मर्ने अवस्थामा छन् । फल फुटेर खेर गयो । त्यो बेला कृषि विज्ञले घामपानी नमिलेर समस्या देखिएको बताएका थिए ।” अहिले बेमौसममा स्याउ लटरम्म फलेका जोशीले बताउनुभयो ।

लामो समय भारत बसेर दसैँ बिदामा घर आउनुभएका खप्तडछान्ना–५ का देवप्रसाद शर्माले भन्नुभयो, “कात्तिकमा नयाँ स्याउ फलेको, सुनेको, देखेको पहिलो पटक हो ।” लामो समय स्याउ बगैँचामा काम गरेको अनुभव सुनाउँदै ६६ वर्षीय शर्माले अहिले आश्चर्यमा परेको उल्लेख गर्नुभयो । अहिले हुर्किरहेको स्याउ मौसममा आएको परिवर्तनका कारण हुनसक्ने उहाँले धारणा राख्नुभयो ।

“एकपटक भारतको उत्तर प्रदेशमा पनि मौसम फेरबदल भएको भन्दै मौसम अनुकूलका स्याउका बोट रोपिएको थियो । यहाँ पनि त्यस्तै बोट रोप्नुपर्ने अवस्था आएको हो कि ?”, शर्माले प्रश्न गर्नुभयो । अहिले मौसम उपयुक्त नभएकाले फलेका स्याउ बोटमै सुक्नसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

“हाम्रो ठाउँको उचाइ दुई हजार मिटरको हाराहारीमा छ”, शर्माले भन्नुभयो, “यहाँ पाकेको स्याउ भदौको अन्तिमतिर निकालिन्थ्यो । असोजसम्म पात झरेर बोट नाङगै हुन्थे । अहिले पात झर्ने छाँटकाँट छैन । फल पनि हुर्किरहेका छन् ।” चिसो बढिरहेकाले तुसारोले फल र बोट सुक्नसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सोही ठाउँमा दीपक जोशीले पनि स्याउ एकै वर्षमा दुई पटक फल्नु अनौठो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि मौसममा फलेका फल कुहिएर सकियो । तापक्रम बढेर यस्तो समस्या आएको हुनसक्छ । अन्य ठाउँमा जलवायु परिवर्तनको असरबारे समाचार सुनिन्थे । यहाँ आँखै अगाडि देखियो । यो पनि जलवायु परिवर्तनको असरले भएको होला ।”

खप्तडछान्ना गाउँपालिकाका कृषि अधिकृत भूमिराज खत्रीले स्याउमा मात्रै नभई हरेक बालीनाली, फलफूल तथा तरकारीमा जलवायु परिवर्तनको असर देखा पर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेसिजनमा स्याउ फल्नु भनेको तापक्रम वृद्धि भएकाले हो । पहिलेपहिले यो समयसम्म निकै जाडो बढिसकेको हुन्थ्यो । आजभोलि अझै गर्मी घटेको छैन ।”

गर्मीका कारण फेरि पालुवा पलाएर स्याउ फूलेको र फलेको हुनसक्ने कृषि अधिकृत खत्रीले बताउनुभयो । “पहिले यो समयमा छान्ना क्षेत्रमै मान्छे ढाक्ने हिउँ पर्दथ्यो । अहिले हिउँ देखिँदैन । तापक्रम धेरै बढेकाले हिमालमा पनि हिउँ पर्न कम हुँदै गएको छ । यसले कृषि उत्पादनमा समस्या देखिन थालेको छ”, उहाँले भन्नुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले मौसम फेरबदल हुँदा बेसिजनमा स्याउका बोटमा फल लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले कृषिमा असर पारेको भन्ने सबैको चिन्ता छ । त्यसमा पनि स्याउले आराम गर्ने समयमा फल दिनु भनेको निकै सङ्कटको अवस्था हो ।”

प्रमुख विष्टले असोज/कात्तिकको समय फल दिइसकेपछि पात झरेर स्याउ, नास्पाती, ओखर, आरु, मेल, पाँकरजस्ता बो बिरुवाले आराम गर्ने बेला भएको भन्दै यो समयमा फल दिन थालेपछि अनुसन्धान गर्नुपर्ने बताउनुभयो । “अनुसन्धान गर्दा जलवायु परिवर्तन वा अन्य कारण पनि देखिन सक्छन् । अहिले भने यो समस्या तापक्रम वृद्धिले भएको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

0

म्याग्दी: तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको हो ।

पछिल्लो समय अत्यधिक स्वदेशी पर्यटक पुग्ने गन्तव्य प्रथम अन्नपूर्ण हिमालको शिविर बन्दै गएको
छ । तीन वर्षअघिसम्म करिब सुनसानजस्तै हुने पदमार्गमा अहिले दैनिक तीन सयका हाराहारीमा पर्यटक पुग्ने गरेका पर्यटन अभियन्ता तेज गुरुङले बताए ।

“अन्नपूर्ण आधार शिविर पदमार्गमा खचाखच पर्यटक देखेर नारच्याङवासीसमेत दङ्ग छन् । पर्यटकको चहलपहल बढेको छ । त्यहाँ बनाइएका संरचनामा बस्ने ठाउँ पनि हुँदैन । टेन्टसहित पुगेकालाई सहज हुन्छ, अरुले कष्ट सहेरै भए पनि पदयात्रा पूरा गर्नुपर्ने बाध्यता छ”, उनले भने । खान र बस्ने होटलसहितको सुविधा भए अन्नपूर्ण बेसक्याम्प जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने पर्यटन व्यवसायी बताउँछन् ।

“म्याग्दीको पहिलो गन्तव्य भनेकै अन्नपूर्ण बेसक्याम्प हुन्छ । अब स्वदेशी पर्यटक हिमालको काखमा गएर रमाउनेलाई यो नेपालकै एक उत्कृष्ट गन्तव्य हो”, केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका बेनीका छवि आचार्यले बताए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृष्यावलोकन गर्न पाइन्छ । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गर्छ । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो । गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्या छ गुणा बढेको छ । पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, सञ्चारको सुविधा र बीच बाटोमा टीहाउसलगायत पूर्वाधार बनाउन बजेटसहितको तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

बेनीबाट दुई दिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीयस्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनमा ध्यान दिएमा एकै वर्ष हजारौँ पर्यटक पुग्ने धवलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए । नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारीसाधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुई दिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न
सकिन्छ ।

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मधेस प्रदेशद्वारा सङ्घीय सरकारको ध्यानाकर्षण

0

जनकपुर: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनका असरबाट अन्य ठाउँ झै मधेस प्रदेशको सामाजिक तथा आर्थिक जीवन नराम्ररी प्रभावित भइरहेको बताउनुभएको छ । पछिल्ला केही दशकयत प्रदेशको परम्परागत जीवनशैली र त्यसमा पनि आर्थिक व्यवहार नै अस्तव्यस्त हुनेगरी कृषि, पूर्वाधार र श्रम उत्पादकत्वमा प्रतिकूल असर परेको उहाँको भनाइ छ ।

सङ्घीय राजधानी काठमाडौँमा आज आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा मुख्यमन्त्री सिंहले यदी जलवायु परिवर्तनका असर न्यूनीकरण हुने हो भने मधेश प्रदेश सबै क्षेत्रमा अगाडि हुनेछ भन्नुभयो । “प्रायः समथर भूभागसहित सानासाना चुरे पहाड भएको यो प्रदेशमा पानीका प्रमुख स्रोतका रूपमा रहेका कोशी, बागमती, कमला, बलान, रातो, बाँके, लालबकैया, पसाहालगायत नदीनाला छन् । यसले खानेपानी तथा सिँचाइका लागि जल उपलब्धता तथा जैविक विविधता संरक्षणमा योगदान पुगिरहे पनि वर्षाका बेला बाढी, डुबान, पहिरो, उर्बर भूभागको मरुभूमिकरण र अनावृष्टिका कारण सुक्खा खडेरी जस्ता विपत्को सामनासमेत मधेस प्रदेशले गर्नु परिरहेको छ”, मुख्यमन्त्री सिंहको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले जनाएको छ ।

उहाँले गर्मीयाममा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम र चिसोयाममा लामो अवधिको शीतलहरका कारण अत्यधिक जाडो हुने, वर्षायाममा भारी वर्षाका साथै फागुनदेखि जेठ महिनासम्म पानीका स्रोत सुक्ने र सुक्खा खडेरी लाग्ने हुँदा कृषि तथा स्वास्थ्यसम्बन्धी जटिलताबाट प्रदेशवासी गुज्रिरहनु परेको सुनाउनुभयो । मुख्यमन्त्री सिंहले भन्नुभयो, “मधेसस्थित सिमसार क्षेत्रहरू, घाँसे मैदान र वनक्षेत्र जस्ता पारिस्थितिकीय प्रणालीहरू विभिन्न प्रजातिका वनस्पति तथा जीवजन्तुका लागि आश्रयस्थल रहेको छ तर तीव्रतर हुँदै गएको सहरीकरण, कृषिक्षेत्र विस्तार एवम् विभिन्न निहुँमा गरिने वनविनाशका कारण जैविक विविधता संरक्षणमा समस्या उत्पन्न भइरहेका छन् । यसले ६१ लाखभन्दा बढी बढी जनसङ्ख्याले यसका असर भोग्नुपरिहरको छ ।”

उहाँले जलवायु परिवर्तनको असरबाट लड्न प्रदेश सरकारले सबै स्थानीय तहमा कम्तीमा दश प्रतिशत हरियाली कायम गर्नका लागि एक स्थानीय तह एक नर्सरी स्थापनाका गर्न कार्यक्रम र एक वर्षमा एक करोड बिरुवा रोप्ने योजना कार्यान्वयन गरिरहेका जानकारी गराउनुभयो । “दैनिक उत्सर्जन हुने फोहोरमा कमी ल्याउन फोहोरमैला व्यवस्थापनअन्तर्गत सुरक्षित भण्डारण र प्रशोधनका लागि स्थानीय तहहरूमा बजेट विनियोजन भएको छ । निर्माण र अन्य क्षेत्रबाट सिर्जना हुने धुलो र मसिना धुलाका मात्रामा कमी ल्याउन कार्यक्रम सञ्चालन गरिएका छौँ । प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आईई) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए) को प्रावधानलाई कडाइका साथ लागु गर्नुका साथै प्लास्टिकका झोला उत्पादन तथा प्रयोगमा कमी ल्याउन चेतनामूलक प्रचारप्रसार, गाउँघर, नगर, सार्वजनिक, धार्मिक एवम् पर्यटकीय स्थलहरू सफा र स्वच्छ राख्न योजनबद्ध काम भइरहेका छन्”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री सिंहले प्रदेशस्तरीय प्रदूषणस्तर मापणसम्बन्धी अध्ययन अनुसन्धान, वातावरण संरक्षणसम्बन्धी तथ्याङ्कमा प्रदेश सरकारको आबद्धता, अन्तर्राष्ट्रिय सभा सम्मेलनमा प्रदेशको सहभागिता एवं प्रतिनिधित्व, प्रदेशमा हस्तान्तरण भएका आयोजना परियोजनामा प्रदेश सरकारको निर्णयमा सङ्घ सरकारको अनुमोदन, तराई भूपरिधि कार्यक्रमजस्तै पूर्वी चुरे तराई भूपरिधि केन्द्रित परियोजना मधेस प्रदेशमा लागु हुनुपर्ने विषयमा सङ्घ सरकारको ध्यानाकर्षण गराउनुभयो । “यसर्थ जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै वातावरण संरक्षणमा पर्याप्त र परिणामुखी काम गर्न सकिए मधेश प्रदेशलाई कृषि, उद्योग, पर्यटन, स्वास्थ्य, जलसङ्कटको सामना गर्न सहयोगका लागि सबैको ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

आजदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

0

भेरीगङ्गा (सुर्खेत) : कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो ।

निर्देशनालयले अहिले प्रदेशका चिकित्सा शिक्षा पढ्दै गरेका १० विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरिरहेको छ । प्रति विद्यार्थी वार्षिक रु चार लाखका दरले छात्रवृत्ती प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷८० मा रु चार लाखका दरले रु ४० लाख र आर्थिक वर्ष २०८०÷८१ मा पनि रु ४० लाख रकम चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ती प्रदान गरिएको छ ।

छात्रवृत्ति पाउनेमा कालिकोटका निहान शाही, जाजरकोटका लक्सन शाही, जुम्लाका बिनोद रोकाय, डोल्पाका कमल विष्ट, दैलेखका आदित्य गौतम, रुकुम पश्चिमका विशाल केसी, सल्यानका आकाश अधिकारी र सुर्खेतका राज पोख्रेल रहेका छन् । यसैगरी, हुम्लाका भुवन बुढा र अंग्मु लामालाई पनि प्रदेश सरकारले छात्रवृत्ती प्रदान गरेको छ । कर्णालीमा चिकित्सक अभाव हुन नदिने गरी प्रदेश सरकारले योजना बनाएको निमित्त निर्देशक हमालले बताउनुभयो । सरकारको मापदण्ड पुरा गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ती प्रदान गरेको उहाँको भनाइ छ ।

कर्णालीमा पछिल्लो समय चिकित्सा शिक्षा पढ्ने पनि बढेका छन् । यसका साथै सरकारले इन्जिनियर, सूचना प्रसिधि, भेटेरेनरी, नर्सिङ, कृषि लगायतका प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ती प्रदान गर्दै आएको छ । प्रदेश सरकारले रकम अभावले प्राविधिक शिक्षा लिन नपाएका कर्णालीका महिलालाई अध्ययन गर्न ‘छोरी बुहारी छात्रवृत्ती’मार्फत सहज बनाएपछि अहिले प्राविधिक शिक्षा पढ्ने महिलाको सङ्ख्या बढेको निमित्त निर्देशक हमालले बताउनुभयो ।

“पछिल्लो समय प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिएको छ, चिकित्सा शिक्षासँगै प्राविधिक शिक्षा पढ्ने गरिब जेहेन्दार विद्यार्थीलाई कार्यविधिअनुसार छात्रवृत्ती मार्फत अध्ययन गर्न सहज बनाएका छौँ, यसबाट कर्णालीमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।