Wednesday, July 29, 2026
Home Blog Page 1378

Avoid crowding in schools: Govt

0

Kathmandu: Fearing the further spread of COVID-19 in the community, the Ministry of Education, Science, and Technology has asked all the schools to avoid crowds and strictly abide by public health and security measures.

A meeting presided over by Education Minister Krishna Gopal Shrestha today decided to this end considering the adverse impacts on students’ health and academic activities if the coronavirus were to spread due to crowding at the institutions.

As stated in the press release, the schools must follow the ‘School Operation Framework, 2021’ and not conduct any assemblies, functions, anniversary celebrations and other events and activities involving crowds and gatherings.

From The Himalayan Times

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

0

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो ।

मस्तिष्कघात भई फागुन १४ गते नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार बिहानदेखि मुटुले काम गर्न छोडेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत थिए ।

पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए । उनले राजनीतिक यात्राका क्रममा पटक-पटक पक्राउ परी हिरासतमा बसेका थिए ।

यसैबीच, नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले दु:ख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्‍जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन् ।

देउवाले लेखेका छन्- ‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नवीन्द्रराज जोशीको असमायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिकमात्र नभएर उच्च सामाजिक भावना भएका नेता जोशीलाई गुमाउँदा आफू पीडा सहन नसक्ने अवस्थामा रहेको बताएका छन् । उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मलाई मर्माहत बनाएको छ । नेपाली कांग्रेसका भरोसा योग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु । यो दुखको घडीमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

४७ हजार गणक माग्दा १ लाख ९० हजारको आवेदन

0

काठमाडौँ — राष्ट्रिय जनगणनामा खटिने जनशक्ति आवश्यकभन्दा चार गुणाभन्दा बढीले आवेदन दिएका छन् । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत् करार कर्मचारी आह्वान गरेअनुसार अधिक संख्यामा आवेदन परेको हो । आवेदकमध्ये ५५ प्रतिशत महिला छन् भने ८७ जना लैंगिक अल्पसंख्यक समुदायको रहेको विभागले जनाएको छ ।

‘अनलाइन प्रणालीले निवेदन दिन सजिलो भयो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘जनगणनामा खटिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बढीले अनलाइन आवेदन दिएका छन् ।’ जनगणना आगामी जेठ २५ देखि असार ८ सम्म देशभरि एकैसाथ हुने तालिका छ ।

विभागले ८ हजार सुपरीवेक्षक र ३९ हजार गणकको माग गरेको छ । त्यसमा १ लाख ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यो संख्या आवश्यकताभन्दा चार गुणा बढी हो । गणकका निम्ति न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको र स्नातक उत्तीर्ण गरेकाले सुपरीवेक्षक बन्न पाउँछन् । न्यूनतम उमेर १८ वर्ष र अधिकतम पुरुष ४० वर्ष तथा महिला ४५ वर्ष नकाटेको छनोटमा पर्नेछन् ।

‘अनलाइनबाट प्राप्त फाराम रुजु गर्ने काम भइरहेको छ,’ निर्देशक लामिछानेले भने, ‘आवेदकको शैक्षिक योग्यतालगायत व्यक्तिको पूर्ण विवरण भएकालाई छानिनेछ ।’ शैक्षिक योग्यतालाई मेरिटका आधारमा केलाइनेछ भने स्थानीय बसोबास, कार्य अनुभव र तथ्यांकशास्त्र वा जनसंख्याशास्त्रमा स्नातकोत्तर गरेका वा पढ्दै गरेकालाई प्राथमिकतामा राखिनेछ । साता दिनभित्र सुपरीवेक्षक छनोट गरिसक्ने र छानिएका आवेदकको नामावली जिल्ला जनगणना कार्यालयमा पठाइनेछ । जिल्लाले छनोटमा परेका आवेदकलाई अन्तर्वार्तासहित दुई महिनाका निम्ति सुपरीवेक्षक नियुक्ति दिनेछ ।

दोस्रो चरणमा आगामी वैशाख २० गतेभित्र गणक छनोट हुनेछन् । ठाउँ विशेषअनुसार अपांगता भएका, लैंगिक अल्पसंख्यक र स्थानीय भाषा बोल्न जान्नेलाई प्राथमिकता दिइने निर्देशक लामिछानेले बताएका छन् । एक महिनाका निम्ति गणक खटाइनेछन् । गणक घर–घरमा पुगेर घरमूलीसँग सम्पर्क गरी विवरण लिनेछन् । जनगणना कार्यमा खटिने प्रत्येक कर्मचारीका निम्ति पाँच लाख रुपैयाँको जीवन बिमासमेत गरिने जनाइएको छ ।

कान्तिपुरबाट साभार

घुम्नै पर्ने महाकुलुङ क्षेत्र

0

चैत १३, सोलुखुम्बु। नेपाललाई विश्वभर चिनाउन सफल विश्वकै अग्लो चुचुरो सगरमाथा अवस्थित रहेको जिल्ला सोलुखुम्बु नेपालको पूर्वी हिमाली जिल्ला हो । जिल्लामा रहेका ८ वटा स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिका नै त्यस्तो भाग्यमानी स्थानीय तह हो जसले यहाँको लगभग सबैजसो हिमाल तथा हिमाली सुन्दरता ओगट्ने मौका पाएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खुम्बु क्षेत्र पछि यहाँ महाकुलुङ गाउँपालिका केही मात्र तर महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको स्थानीय तह पर्दछ । यहाँ पर्वतारोहणका लागि अग्ला होचा हिमशिखर तथा दृष्यावलोकनका लागि थुप्रै चर्चित डाँडा पिकहरु रहेका छन् । गाउँपालिकाभित्र पर्ने तथा विशेषगरी महाकुलुङ क्षेत्रका नामले परिचित यहाँ रहेका मुख्य पर्यटकीय गन्तव्यहरुको चर्चा गर्ने प्रयास गरिएको छ ।

थोको पैस
थोको पैस महाकुलुङ ५ चाचालुङमा रहेको बुदुम खोलामा खस्ने सुन्दर झरणा हो । स्थानीय कुलुङ भाषामा थोको भन्नाले काठको भर्याङ हो भने पैस भनेको झरणा हो । भर्याङ जस्तो देखिने झरना भएकोले हुन सक्छ यसको नाम थोको पैस रहन गएको । यस स्थानमा पुग्न एकदमै सजिलो छ । हाल महाकुलुङ चक्रपथ यहिँ छाँगा भएर जाने हुनाले केही वर्षभित्रै सिधा सडक सम्पर्क स्थापित हुनेछ भने हालको लागि खोलानाला सुकेको हिँउदको समयमा सडकमार्ग भएर जान सकिन्छ । यहाँ जानको लागि महाकुलुङ गाउँपालिकाको केन्द्र बुङदेखि केवल एक दिनको बाटो मात्र हो ।

यहाँ पुग्दा सम्म बाटोमा होटल तथा पसलहरु भेट्न सकिन्छ । नजिकैको चोचोलु गाउँदेखि करिव आधा घण्टाको पैदल बाटोमा पर्ने यस छाँगा सुन्दरताको अनुपम खानी हो । यहाँ पुग्ने जोसुकैलाई यस झरणाले मोहित तुल्याउने शक्ति आफूसँग राख्दछ ।

साहुनेछो
साहुनेछो महाकुलुङ गाउँपालिकाको वडा नं। ४ गुदेलको सिरानमा पर्दछ । समुन्द्र सतहदेखि ४ हजार मिटर हाराहारीमा रहेको यस स्थान विशेषत छोटो यात्रा हाइकिङको लागि उपयुक्त हुनेछ । यस स्थानबाट चीनको सीमामा रहेको सगरमाथा शिखर लगायतका हिमालका साथै दक्षिणमा भारतका भूभाग समेत देख्न सकिने अचम्मको दृष्य संगमस्थल रहको छ ।

यस स्थानमा पुग्नको लागि महाकुलुङ गाउँपालिकाको केन्द्र बुङसम्म मोटरबाटोको यात्रा गर्न सकिन्छ भने गाउँपालिकाको वडा ४ सम्म मोटरबाटबाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक निर्माण नहुँदा पनि बुङबाट गुदेलसम्मको आरामदायी यात्रा २ घण्टाको हुनेछ । त्यसपछि सुन्दर जंगल तथा सोलुखुम्बुका विभिन्न गाउँपालिकामा पर्ने क्षेत्रहरु हेर्दै स्वच्छ हावामा रमाउदै ३/४ घण्टाको यात्रापछि हामी साहुनेछो पुग्न सक्छौँ ।

यस क्षेत्रको भ्रमण गर्ने उपयुक्त समय अशोजरकार्तिक तथा बैशाख–जेठ नै हुनेछ । बाटोमा स्वच्छ हावा खान पाए पनि होटलमा खाने तथा वस्ने सुविधा भने हुने छैन । बाटामा भैसी तथा चौँरीको गोठ भेटियो भने ताजा दुध तथा दुधबाट बन्ने परिकार लिन सकिन्छ ।

यहाँ जान गुदेलबाट विहानै यात्रा तय गरी वेलुका गुदेल नै आइपुग्ने गरी जान सकिन्छ । यस क्षेत्रमा भ्रमण गर्ने अर्को उत्तम तरिका वन्दोवस्तीका सामाग्री सहित एक रात जंगलको रमाइलो वास बसेर क्याम्प फायर गर्ने र एका विहानै सुन्दर दृष्यहरुको स्वाद लिएर फर्किने पनि हो । यो स्थानसम्म जाँदा आफूलाई चाहिने सामाग्रीका अतिरिक्त खानेकुरा¸ सिलिपिङव्याग¸ टेन्ट¸ आगो पार्ने साधन¸ खुकुरी वा अन्य हतियार वोक्न आवश्यक हुन्छ ।

वुकुर पिक
बुकुर पिक महाकुलुङ गापा वडा नं ३ मा पर्ने मामेर्कुको शिरमा पर्दछ । छेस्कामसम्मको सहज सडकमार्गको यात्रा गरी त्यहाँबाट २ दिन पैदल यात्रा गरेर पुग्न सकिने बुकुर हिमाली क्षेत्रको अवलोकन¸ स्वच्छ हावाको सेवनका लागि छेस्कामबाट करिव ३र४ दिनको लागि समय भएको अवस्थामा अत्यन्त राम्रो गन्तव्य हुन सक्छ ।

समुन्द्री सतहबाट करिव ४१५० मिटरको उचाइमा रहेको यस पिकबाट सगरमाथा तथा यसका आसपासका हिमालहरु¸ वरुन्त्से¸चाम्लाङ¸ मेरापिक लगायतका हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ भने सोलुखुम्बु महाकुलुङ¸ सोताङ¸ थुलुङ दुधकोशी¸ माप्य दुधकोशी¸ सोलुदुधकुण्ड नपा¸ नेचासल्यान गापाका धेरै स्थानहरु देख्न सकिन्छ ।

साथै संखुवासभाका सिलिचोङ गापा लगायतका भागहरु देख्न सकिन्छ । महाकुलुङको छेस्कामको मामेर्कु गाउँबाट उकालो बाटो ५ घण्टा लगभग हिँडेपछि पुग्न सकिने वुकुर पिक प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । यहाँ जानको लागि छेस्कामदेखि तीन दिनको समय प्रयाप्त हुन सक्छ । सम्पूर्ण दृष्यहरु हेर्नको लागि बुकुर पिक वा डाडाँको फेदीमा एक रात बास वस्न सकिन्छ । जहाँ गाई तथा चौँरीका गोठहरु भेट्न सकिन्छ ।

राती क्याम्प फायर वास्तवमै अविष्मरणीय हुन सक्छ । त्यसको भोलीपल्ट विहान वुकुर पिक पुगी छेस्काम वा बुङ सम्म फर्किन सकिन्छ । यहाँ पुग्नलाई न्यानो कपडाका अलावा दुई दिनको लागि खानेकुरा तथा राती वास वस्नका लागि आवश्यक वन्दोवस्तीका सामान बोक्न सकिन्छ ।

घ्याङखर्क
घ्याङखर्क डाडाँ महाकुलुङ क्षेत्रमा पर्छ भने राजनीतिक विभाजनका आधारमा सोताङ गापा र महाकुलुङ गापाको सीमा क्षेत्रमा पर्छ । करिव ३६५५ मि उचाइमा रहेको यस डाँडाबाट कञ्चनजंघा हिमशृंखलाका हिमालहरु¸ मकालु हिमाल¸ मेरापिक¸ चारपाटे लगायतका हिमालहरु देखिन्छन् ।

सोलुखुम्बुका अधिकांश भागका साथै भोजपुर¸ खोटाङ¸ संखुवासभाका केही भागहरु देख्न सकिने रमाइलो स्थानका रुपमा रहेको छ । घ्याङखर्क पुग्नको लागि गुदेलबाट चाचालुङ हुँदै शेर्पा गाउँ नुर्कुम पुग्ने र त्यहाँबाट ३र४ घण्टामा घ्याङखर्क डाडाँ जान नुर्कुममा एकरात वास वस्न सकिन्छ । त्यहाँ जानलाई न्यानो लुगा कपडाहरु वोक्न अनिवार्य हुन्छ भने अन्य खानेकुराको त्यस्तो समस्या पर्दैन ।

पोम्लालुङ क्षेत्र
महाकुलुङ क्षेत्रमा विकसित भएको तथा परापूर्वकालदेखि यस क्षेत्रमा रहेका कुलुङ समुदायको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको पोम्लालुङ क्षेत्र धार्मिक मात्र नभएर पर्यटकीय रुपले पनि आकर्षक क्षेत्र हो । महाकुलुङ गापाको वडा नं। ५ मा रहेको यस पोम्लालुङको अर्थ पोम्ला भन्नाले मृत्तात्मा तथा लुङ भनेको ढुङ्गा हो । त्यसैले पोम्लालुङ भन्नाले मृतकको आत्मा वास बस्ने ढुङ्गा हो ।

कुलुङ समुदायका कोही व्यक्तिको मृत्यु भएमा उसको आत्मा त्यही पोम्लालुङमा जान्छ भन्ने विश्वास गरिने नेपाल किरात कुलुङ संघका जिल्ला अध्यक्ष हरि रेप्खोस् वताउछन् । यस क्षेत्रको भ्रमण गर्न महाकुलुङको गुदेलबाट बिहानको यात्रा तय गर्न सकिन्छ । करिव ४ घण्टाको यात्रापछि जंगल विचको पोम्लालुङ क्षेत्र (३००० मि) पुगिन्छ । त्यहाँ पोखराको महेन्द्र गुफा र चमेरे गुफाको झल्को दिने कयौँ गुफाहरु छन् । ती ओडारहरु अत्यन्त डर लाग्दा र अध्याँरो छन् ।

यी ओडारमा मृतकको आत्मा रहने विश्वास गरिन्छ । यस विशालकाय चट्टानको टुप्पोमा रमणीय दृष्यावलोकन गर्न सकिने तथा सुन्दर चउरहरु छन् । र ती चउरहरुमा चौँरी गोठ पनि भेट्न सकिन्छ जहाँ चौँरीको ताजा दुध¸ छुर्पी¸ सेर्केम खान सकिन्छ ।

त्यसपछि फर्किँदा सानो तर सुन्दर शेर्पा वस्ती लिम्चोला हुँदै गुदेल फर्कन सकिन्छ । यस क्षेत्रको भ्रमण कुनै पनि कारणबाट वेकाम हुन सक्दैन । यस क्षेत्रको भ्रमणको लागि राम्रो खालको क्यामरा¸ व्याकअप तथा खाजा सहित व्यक्तिगत आवश्यकताका सामाग्री मात्र बोके पनि पुग्छ । एक दिनमै गुदेलबाट यात्रा सुरु गरी गुदेल नै आइपुगिन्छ ।

साल्पा सिलुछो
साल्पा पोखरी र सिलुछो पिक सोलुखुम्बु जिल्ला र भोजपुर जिल्लाको सीमामा पर्छ । महाकुलुङ क्षेत्रमा साल्पा र सिलुछोले पर्यटकीय महत्वका साथमा धार्मिक आस्थाका हिसावले पनि महत्वपूर्ण स्थान वोकेको छ । वर्षेनी सयौँ भक्तजनहरु साल्पा पोखरी तथा सिलुछो पिक पुगी मनोकामना गरी फर्कन्छन् । सिलुछो डाँडाबाट सगरमाथा¸ मकालु¸ ल्होत्से¸ नुप्से¸ वरुन्त्से¸ आमादब्लम¸ थामसेर्कु लगायतका हिमशिखरहरु देख्न सकिन्छ भने संखुवासभा¸ भोजपुर र सोलुखुम्बुका धेरै स्थानहरुको दृष्य हेर्न सकिन्छ ।

सिलुछो पिकको उचाइ ४१५६ मिटर रहेकोले सोही अनुरुपको तयारीका साथ जानुपर्ने हुन्छ । गुदेलबाट सानामा हुँदै साल्पा पोखरी पुगी सिलुछो सम्मको यात्रा तय गर्नलाई गुदेलबाट कम्तीमा ३ दिनको समय पुग्दो हुन्छ । चैत्र बैशाख का साथै अशोज कार्तिकको समय घुम्नको लागि उपयुक्त समय हो भने धार्मिक रुपले श्रावण शुक्ल पूर्णिमा र पञ्चमी उपयुक्त तिथीहरु हुन् । यस स्थानमा जानको लागि एक रातको साल्पा पोखरी क्षेत्रको क्याम्पिङ उपयुक्त हुन्छ । जहाँबाट विहानै सिलुछो पिक पुगी फर्किन सकिन्छ । जसको लागि आवश्यक वन्दो वस्ती
सामाग्रीको व्यवस्था गर्नुपर्दछ ।

पाँचपोखरी क्षेत्र
पाँचपोखरी महाकुलुङ गापा वडा नं। २ मा पर्ने पाँचवटा सुन्दर पोखरीहरुको संयुक्त नाम हो । यहाँ बुढा¸ बुढी¸ छोरा¸ बुहारी तथा कमारा नामका पोखरी गरी पाँचवटा पोखरी छन् ।

पाँचपोखरी नजिकै खोलाखर्कमाथि पाङ्ग्रे पोखरी पनि रहेको छ । पर्यटन मन्त्रालयले निकालेको नेपालका १०० वटा नयाँ पर्यटकीय गन्तव्यहरुमध्ये एक पर्ने सफल यस क्षेत्र साँच्चै मनमोहक त छ नै साथमा उचाइको एक उत्साहजनक चढाव पनि महशुस गर्न सकिन्छ ।

२ दिनको समयावधीभित्रै बुङ १५०० मिटर देखि हुर्हुरे डाडाँ ४३०० मिटर र कोङ्केलुछो ४६०० मिटरको दुईटा पास गर्नु पर्दछ । त्यसैले अल्टिच्यूट सिकनेस हुन सक्ने सम्भावना पनि रहन्छ यस क्षेत्रको यात्रामा । यथार्थकै स्वर्गीय आनन्दको महशुस गराउने यस क्षेत्रको भ्रमण पर्यटकीय मात्र नभएर धार्मिक रुपमा पनि गर्ने चलन छ । यहाँ श्रावण शुक्ल पूर्णिमाको दिन यहाँ भक्तालुहरुको ठूलो घुइँचो लाग्ने गर्छ ।

पाँचपोखरी पुग्न सडकमार्ग भएर बुङ वा खिरौले सम्म पुग्न सकिन्छ भने छाराखर ९२९६० मि० सम्म सडक निर्माण हुने योजना पनि रहेको छ । बुङबाट खिरौले गुम्बा तथा स्तुपाहरु रहेको सुन्दर शेर्पा गाउँ खिरौले हुँदै पहिलो दिनको बास छाराखर वा चलेम (३६०० मि) हुनसक्छ ।

त्यसको भोलीपल्ट धारखर्क¸ हुर्हुरे हुँदै पहाडी सुन्दरता हेर्दै पाँचपोखरी (४३०० मि) पुग्ने¸ दर्शन गर्ने¸ स्वच्छ हावा लिने कार्य गरी खोलाखर्क बास पुग्न सकिन्छ ।खोलाखर्कबाट विहान पुन त्यही पाँच पोखरी हुँदै बुङ वा खिरौले वास बसेर बुङबाट जम्मा ३ दिनको यात्रा टुङ्ग्याउन सकिन्छ ।

पाँचपोखरी जाने उत्कृष्ट समय अशोजरकार्तिक तथा चैत्ररबैशाख नै हो । अशोजको समयमा जाँदा खुला सुन्दरताको अवलोकन गर्न सकिन्छ भने चैत्रको समयमा हिउँले ढाकेका डाडाँ तथा हिमालको अवलोकन गर्न सकिन्छ । पाँचपोखरी यात्रा छोटो रुपमा गर्न सकिने ट्रेकिङ¸ धाम¸ हिमाली दृष्य अवलोकन लगायतको लागि उत्कृष्ट रोजाई हुन सक्छ । यस क्षेत्रमा यात्रा गर्न न्यानो लुगाको जरुरी विशेष छ भने पावर व्याङ्क या चार्ज गर्ने व्यवस्था आफैँल गर्नु पर्ने हुन्छ । साथै आफ्नो सुरक्षाको लागि सिलिपिङ व्याग वोक्न सकिन्छ ।

मेरा पिक
मेरा पिक नेपालकै एक आकर्षक र पर्यटकीय चापका दृष्टिले व्यस्त पिक हो । जसको उचाइ ६¸४७४ मिटर रहेको छ । मेरा पिकका मुख्य तीन चुचुरामध्ये मेरा सेन्ट्रलको आरोहण गरी सगरमाथा¸ कञ्चनजंघा¸ ल्होत्से¸ चोयु¸ चाम्लाङ¸ वरुन्त्से¸ पुमोरी¸ नुम्बुर¸ आमादब्लम लगायतका हिमशिखरहरु हेर्न सकिन्छ । मेरापिकलाई नेपालकै आरोहणका लागि खुला भएका पिकहरुमध्ये सबैभन्दा अग्लो पिक मानिन्छ । यहाँ वर्षेणी हजारौँको संख्यामा पर्यटक हरु पिक आरोहणका लागि आउने गर्छन् ।

त्यसैले यस क्षेत्रमा जानको लागि बाटोमा होटल¸ पसलहरु प्रशस्त पाइन्छन् । मेरापिक जानको लागि लुक्लाको पुरानो रुट पनि प्रयोग गर्न सकिन्छ भने महाकुलुङको बुङबाट नयाँ रुट प्रयोग गरी पाँचपोखरी क्षेत्रको पनि भ्रमण गरी जान सकिन्छ ।

बुङबाट खिरौले हुँदै चलेम (३६०० मि)¸ चलेमबाट ४६०० मिटरको कोङ्केलुछो पास गरेर खोलाखर्क (४२०० मि) मा खाना खाएर कोठे (३६०० मि)¸ कोठेबाट ठाङ्नाक (४३०० मि)¸ ठाङनाकबाट खरे (४९०० मि)¸ खरेबाट हाइक्याम्प (५८०० मि) र त्यहाँबाट मेरापिकको आरोहण गरी खरे फर्किन सकिन्छ ।

त्यसपछि कोठे¸ चलेम हुँदै फर्किन सकिन्छ । यसका अलवा कोठे पुग्ने छतर्बु पास गरी लुक्लाबाट¸ कुनै पास नगरी सिबुचे तथा चेरेम हुँदै जाने रुट पनि प्रयोग गर्न सकिन्छ । ठाङ्नाक र खरेमा एकएक दिनको रेष्ट डे तय गरी हाइकिङमा जान उपयुक्त हुनाले सोही अनुरुप समय छुट्याउन आवश्यक हुन्छ ।

मेरापिक आरोहणका लागि क्लाइम्बिङ गाइड¸ हाइक्याम्पको लागि कुक¸ भारी बोक्ने श्रमिकहरु तथा टेन्ट¸ क्लाम्बिङ गियरहरुको आवश्यक हुन्छ । सुरुमा नै सम्पर्क गरेर जाने हो भने खरे भन्ने ठाउँमा सम्पूर्ण व्यवस्था हुन्छ जसको लागि खरेमा रिफुजी मेरा अथवा हिमालयन माउण्टेन भिउ होटलमा सम्पर्क गर्दा उपयुक्त हुन्छ ।

ती सम्पूर्ण सामाग्री व्यवस्थापनका लागि निर्धारित रकम लाग्छ । हाइ अल्टिच्यूट सिकनेसबाट वच्न आवश्यक खाद्य तथा औषधीहरु आँफैले बोक्न उचित हुन्छ । उचित खानपान र न्यानो लत्ता कपडाहरुको जोहोबाट पिक आरोहण

सहज हुनेछ । यो पिक टेक्निकल नभएकोले सामान्य डोरी तथा क्र्याम्फुनको उचित प्रयोगको सहायताले मेरापिक आरोहण सजिलै तरिकाले गर्न सकिने हुन सक्छ ।

वरुन्त्से हिमाल
वरुन्त्से हिमाल हिमालयन एक्पिडिसनको लागि आकर्षक गन्तव्य हो । ७¸१२९ मिटरको उचाइ रहेको यस हिमालका चार मोहडा र चारै आरोहणहरु छन् । यस हिमाल वरीपरी वरुण ग्लासियर¸ इम्जा ग्लासियर तथा हुँगु ग्लासिय जस्ता हिमनदी छन् ।

यस हिमाल आरोहणको लागि १ महिनाभन्दा बढी समय लाग्न सक्छ र हिमाल आरोहणको लागि ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्न अनिवार्य हुन्छ । आँफै जान्छु र चढ्छु भन्न सकिन्न । यस हिमाल जाँदा दुइपटक हाइ पास अनिवार्य छ भने यस क्षेत्रमा थुप्रै पोखरी हिमतालहरु देख्न सकिन्छ । यस हिमालको प्रथम आरोहण सन् १९५४ मा एडमण्ड हिलारीको समूहले दक्षिणी मोहडाबाट गरेको थियो ।

१९ पटक सगरमाथा आरोहण गरिसकेका छेवाङ निमाको वरुन्त्से हिमाल आरोहणका क्रममा सन् २०१० मा रोप फिक्स गर्दैगर्दा लडेर मृत्यु भएको थियो । यो हिमाल जान पनि खरेसम्म मेरापिक जाने रुट नै पर्दछ भने खरेबाट चाहीँ मेरा ला ९५३०० मि० पास गरेर खोङमादिङ भ्याली झरी ५ हजार मिटर उचाइमा रहेको सेती पोखरीतर्फ लाग्नु पर्छ ।

वरुन्त्से हिमाल आरोहण गर्नेहरु सुरुमा मेरापिक आरोहण गरेर जाने चलन पनि छ । वरुन्त्से वेस क्याम्प ५४०० मिटर उचाइमा पर्छ भने वेस क्याम्पबाट शिखरमा जाने आउने गरिन्छ ।

फर्किदाँ गएकै मेरा ला को बाटो फर्किन सकिन्छ भने अन्य दुई पासहरुको विकल्प पनि छन् । खोङमादिङ भ्याली पुग्ने वैकल्पिक र कुनै पास नगरी नै पुग्न र फर्किन सकिने रुट छेस्कामको मुद्धि हुँदै खुल्ने क्रममा रहेको छ ।

सरकारी विभिन्न योजना र स्थानीय अगुवा युवाहरुको प्रयासमा यस रुट अन्तिम चरणमा छ भने हुँगा खोलामा बनाउन आवश्यक झोलुङगे पुलहरुको निर्माण पश्चात यस रुट पनि पपुलर रुटको रुपमा अगाडी बढ्ने छ ।

यस हिमाल आरोहण अन्य साना तिना पिक डाँडा जस्तो नभएकोले विशेष तयारी आवश्यक हुन्छ जसको लागि पेशागत रुपमा हिमाल आरोहण गराउने संस्थाहरुमा सम्पर्क गर्न सकिन्छ ।

चाम्लाङ हिमाल तथा हिमश्रृंखला
चाम्लाङ लाई हिमाल र हिमशृंखला दूवै नामले चिनिन्छ । चाम्लाङ हिमालको उचाइ ७¸३१९ मिटर छ । महाकुलुङ क्षेत्रको सबैभन्दा अग्लो हिमाल सम्भवत चाम्लाङ हिमाल नै हो ।

यो हिमाल मेरापिक तथा वरुन्त्से हिमालसँगै निकै नजिक छन् । यो हिमाल मकालु हिमालबाट दक्षिण पश्चिम हुँगुँ उपत्यकामा पर्छ । यस हिमालको प्रथम आरोहण जापानिज टोलीमा रहेका सो एन्मा तथा नेपाली पर्वतारोहण गाइड पासाङ फुतार शेर्पाबाट सन् १९६२ मा भएको थियो । यस हिमाल जाने क्रममा नेपालका ८ हजार मिटर माथिका ५ वटा हिमशिखरहरु सगरमाथा¸ कञ्चनजंघा¸ मकालु¸ चोयु तथा ल्होत्से देखिन्छन् भनेवरुन्त्से¸ आमादव्लम¸ मेरापिक¸ नुप्से¸ पुमोरी¸ खाङतेगा लगायतका साना कयौँ हिमालहरु देख्न सकिन्छ ।

यस हिमाल टेक्निकल हिमाल हो । यसको आरोहण गर्न प्राविधिक दृष्टिले अलि गाह्रो हुनाले विशेष तयारी तथा शारिरिक क्षमता हुनुपर्छ । चाम्लाङ हिमाल जानको लागि खोङमादिङ सम्म वरुन्त्से हिमालकै रुट प्रयोग गरिन्छ भने त्यहाँबाट भने लो क्याम्प हुँदै चाम्लाङ वेस क्याम्पतर्फ जानुपर्छ । वेस क्याम्प करिव ४२०० मिटर उचाइमा रहेको छ ।

त्यहाँबाट क्याम्प १¸ क्याम्प २ र क्याम्प ३¸ ६३०० मिटर हुँदै हिमाल आरोहण गर्नुपर्ने हुन्छ । चाम्लाङ हिमालको आरोहण गर्नको लागि हिमाल आरोहण गराउने उद्धेश्यले स्थापित नेपाल सरकारबाट अनुमती प्राप्त संस्थाहरुमा सम्पर्क गरी मात्र जान सकिन्छ । महाकुलङ क्षेत्रमा यी उल्लिखितका साथै अन्य थुप्रै पर्यटकीय स्थानहरु छन् । जसको प्रचारप्रसार जरुरी छ । खाङतेगा¸ चारपाटे¸ कुसुम काङगारु लगायतका हिमाल मात्र होइनन् तामापोखरी¸ सेती पोखरी लगायतका असंख्य पोखरीहरु यहाँ छन् । केवल आन्तरिक र वाह्य पर्यटकको पर्खाइमा रहीरहेका छन् ।

– केडी रेम्निसिङ कुलुङ¸ अधिकृत (छैठौँ)¸ महाकुलुङ गाउँपालिका सोलुखुम्बु

महेश बस्नेतले भेटे रेशम चौधरीलाई

0

एमाले नेता महेश बस्नेतले रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर डिल्लीबजार कारागार पुगेका बस्नेतले चौधरीलाई भेटेका हुन् ।

पछिल्लो समय एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच सत्ता समीकरण हुने विषय चलिरहँदाको यो भेटलाई चासोका साथ हेरिएको छ । एमालेसँग सत्ता समीकरण गर्ने कि नगर्ने भन्ने विषयमा जसपाभित्र दुईथरी धारणा बनेका छन् । नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भन्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नो माग पूरा भए सरकारमा जाने पक्षा छन् ।

यसअघि बिहीबार मात्रै नेता महतो चौधरीलाई भेट्न कारागारमै पुगेका थिए । नेता महतोमार्फत् चौधरीले एक स्पष्टीकणसमेत पठाएका थिए । जहाँ, पार्टीको निर्णयमा आफू बाधक नबन्ने उल्लेख गरेका थिए । सत्ता सहकार्यको विषयमा आफू मुछिएपछि चौधरीले त्यस्तो स्पष्टीकरण दिएको बताएका छन् ।

तत्पश्चात् हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि चौधरी रिहाइको माग गरिरहेका थारु कल्याणकारी सभाका पदाधिकारीहरुसँग भेटेर रिहाइका लागि वार्ता टोली बनाउर आउन आग्रह गरेका थिए ।

घरबाहिर नबसौ, नखेलौँ, मर्निङवाकमा नजाऔँ : स्वास्थ्य मन्त्रालय

0

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन्।

उनहाँले अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे ।  अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भएपनि नजान भनेका छन् ।

“घरबाहिर खुलास्थानमा नबसौ, नखेलौै, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उनले जारी गरेको भएको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ ।

बालबिालका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।” यस्तै उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आवहन गरेका हुन् ।

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण

0

निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना हुनुभएको र उहाँको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

मृत्युपछि शङ्का लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

थप सुरक्षाका मापदण्ड अपनाई अस्पतालको सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ । निधनपश्चात् कोरोना पुष्टि भएको पुरुषको शवलाई नेपाली सेनाको टोलीले अन्त्यष्टि गरिएको छ ।

यसैबीच, जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टको आकस्मिक बैठकले अस्पताललाई थप सुरक्षाका मापदण्ड अपनाई सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

अस्पताललगायत क्षेत्रमा सावधानी अपनाउन र स्थानीय तहलाई थप सेचतना बढाउन आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।

पोष्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ३७५ मा कोरोना सङ्क्रमण भएका थिए । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लाका १४ महिलासहित ४५ को मृत्यु भएको छ । सङ्क्रमितमध्ये सात होम आइसोलेशनमा उपचाररत छन् भने अन्य सङ्क्रमणमुक्त भइसकेका छन् । जिल्लामा हालसम्म कोभिडविरुद्ध २३ हजार ६३५ ले खोप लगाएको पोष्टले जनायो ।

भक्तपुर ग्यास सिलिन्डर पड्किँदा घाइते भएका बस्नेतको मृत्यु

0

गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दोलखा सैलुङका घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोटमा बस्ने ३९ वर्षीय टीकाराम सोही होटेलका मालिक हुन् ।

ग्यास सिलिन्डर पड्कँदा घाइते भएकामध्ये गम्भीर घाइते राजेन्द्र कार्की र गीता कार्कीको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको र अन्य घाइते आदित्य सुवेदी, विकास पौडेल, हिमुन्स थापाको अवस्था सामान्य रहेको तथा उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट प्रहरीको मृत्यु

0

यहाँ ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो । उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए । आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो ।

शव शङ्कास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको खुलेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिनुभयो ।

ठक्कर दिई तत्काल घटनास्थलबाट फरार भएका ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । मृतक महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी रहेको बुझिएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

राजधानीमा ८१ हजार बराबरको नक्कली नोट बरामद

0

काठमाडौं । प्रहरीले ८० हजार ७ सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । कीर्तिपुरबाट एक हजार दरको ४९ र ५ सय दरको ५६ वटा नोट बरामद भएको हो ।

यसअघि कलंकीबाट ५ सय दरका ९ वटा नोटसहित बाफल बस्ने ३९ वर्षीया माया तामाङ पक्राउ परेकी थिइन् । उनले जाली नोट बोकेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त, कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपछि सोधपुछ गर्दा कीर्तिपुरमा नोट छाप्ने मेसिन रहेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

कीर्तिपुरमा रौतहट भएका ३५ वर्षीय गनबहादुर लोप्चनको कोठामा खानतलासी गर्दा अन्य नोटहरु भेटिएको सिंहले बताए । उनका अनुसार उनीहरुको साथबाट सेक्यूरिटी थ्रेट बनाउने कच्चा पदार्थ पनि बरामद भएको छ । थप अनुसन्धान जारी छ ।