Wednesday, July 29, 2026
Home Blog Page 1379

बंगलादेशसँग घट्यो दूरी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने राजकीय भ्रमणसँगै बंगलादेशसँगको द्विपक्षीय सम्बन्ध थप गाढा भएको छ। राष्ट्रपतिको भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीसँगै बंगलादेश हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुलेको छ। नेपाल–भारत–बंगलादेश त्रिदेशीय व्यापार सहकार्यको सुविधासमेत प्राप्त भएको छ।

सम्झौताअनुसार नेपालले अब आयातीत सामान बंगलादेशको रोहनपुरबाट रेलमार्ग हुँदै भारतको पश्चिम बंगालस्थित सिंहबादसम्म ल्याउन सक्छ। सिंहवादबाट सिलीगुडी र सिलीगुडीबाट काँकडभिट्टा हुँदै विराटनगरको आईसीडीसम्म ल्याउन सकिने। ‘रोहनपुर–सिंहवाद रुट सुविधाका कारण सामान ढुवानी गर्दा लाग्ने समय र ढुवानी दुवैमा बचत हुनेछ’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले भने। भारतको कोलकाता बन्दरगाहबाट सामान आयात गर्दा ढुवानी र समय बढी लाग्ने गरेको छ।

सचिव भट्टराईका अनुसार रोहनपुरबाट सिंहवादसम्म अतिरिक्त रेलवे सुविधा मार्ग र तेस्रो मुलुकसँग व्यापार गर्न ‘को ट्रान्जिट रुट’का लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो। नेपाल–बंगलादेश पारवहन सम्झौता संशोधनमार्फत रोहनपुर–सिंहवाद रुट थप गरी सहमतिपत्र आदानप्रदान गरिएको सचिव भट्टराईको भनाइ छ।

‘यो मार्गबाट पहिलेदेखि सामान्य रूपमा व्यापारिक गतिविधि भए पनि अहिलेको समझदारीपश्चात् रोहनपुर–सिंहवाद रुट प्रयोग गरी नेपाली वस्तु सहजै बंगलादेशको बजारसम्म पुर्‍याउन सक्षम भएका छौं’, भट्टराईले भने, ‘हाम्रो मौलिक उत्पादन बंगलादेशसहित तेस्रो मुलुकसम्म पुर्‍याउने सवालमा महŒवपूर्ण समझदारी भएको हो।’ उनका अनुसार यो मार्ग सदुपयोग गर्न भने भौतिक पूर्वाधार, भन्सार, सवारीसाधन, झन्झटिलो प्रक्रियालगायत विषयमा द्विपक्षीय छलफल गर्न बाँकी छ।

नेपालले बंगलादेशको मोंगला र चटगाउँ बन्दरगाह प्रयोग गर्दै आएको छ। चटगाउँको बन्दरगाहमा भीड हुने र आयातित सामान राख्न समस्या भएको छ। यो समस्या समाधान गर्न बंगलादेशले चटगाउँभन्दा ६० किलोमिटर दूरीमा रहेको रोहनपुरलाई बन्दरगाहको रूपमा विकास गरी पर्याप्त स्थान छुट्ट्याएको छ। भारत र बंगलादेशबीच रोहनपुरसम्म रेल सेवा सञ्चालनमा छ। सिंहवादबाट रोहनपुरसम्मको दूरी २ सय ५५ किलोमिटर छ।

बंगलादेशसँग स्यानेटरी र फाइटो स्यानेटरीका विषयमा पनि समझदारी भएको छ। जसअनुसार बोटविरुवा तथा पशुपन्छीमा सूक्ष्म जीवाणुका कारण हुन सक्ने रोग तथा जीवाणुको विषयमा आवश्यक अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि तथा बोटबिरुवा र पशुपन्छी आयात गर्दा जारी गरिने प्रमाणपत्रको विषयमा द्विपक्षीय रूपमा सहकार्य गरिनेछ।

यस्तै पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। जसअनुसार दुवै मुलुकका पर्यटक आवतजावत गर्न सहज प्रक्रिया अपनाइनेछ। यसका लागि नेपालले बंगलादेशको सैयदपुरबाट विराटनगरसम्म सोझो हवाई सेवा सञ्चालन गर्न आवश्यक गृहकार्य गर्नेछ। बंगलादेशका पर्यटक नेपाल आउन झन्झटिलो प्रक्रिया छ। भारतले बंगलादेशीलाई मल्टिपल इन्ट्री भिसा उपलब्ध नगराएका कारण उनीहरू भारत हुँदै एकपटक नेपाल आउन पाए पनि स्थलमार्ग हुँदै भारत जान पुनः भिसा लगाउनुपर्ने बाध्यता छ।

‘यो समस्या समाधान गर्न बंगलादेशको सैयदपुरबाट नेपालको विराटनगरसम्म सोझो हवाई सेवा सञ्चालन गर्न आवश्यक छ’, भट्टराईले भने, ‘यो विषयमा पनि बंगलादेश र भारतसँग छलफल गरिरहेका छौं।’ हवाई रुटका लागि भारतसँग पनि सहकार्य गर्नुपर्ने उनको कथन छ।

संस्कृति सहकार्य समझदारीअनुसार सन् २०२२ देखि २०२५ सम्म सहकार्य गर्ने कार्यक्रम छ। जसअनुसार नेपाल र बंगलादेशका विद्यार्थी तथा संस्कृतिविज्ञले ज्ञान र क्षमता आदानप्रदान गर्नेछन्। एकअर्का मुलुकको संस्कृतिको बारेमा अध्ययन गर्नेलाई सरकारले नै सहयोग गर्ने यो सम्झौताको निचोड छ।

बंगलादेशबाट नेपालमा वार्षिक रूपमा ६ अर्ब रुपैयाँको विभिन्न वस्तु आयात हुन्छ। नेपालबाट एक अर्बको रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात हुन्छ। बंगलादेशसँग ४ देखि ५ अर्बको व्यापारघाटा छ।

कृषिजन्य वस्तु निर्यात असहज
उद्योग, वाणिज्य ता आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाका अनुसार द्विपक्षीय तथा तेस्रो मुलुकसँग व्यापार गर्न रोहनपुर–सिंहवाद मार्ग उपयुक्त भए पनि नेपाली वस्तु निर्यात गर्न असहज छ। नेपालबाट कार्पेट, दाल, अलैंची, चिया, कफीजस्ता वस्तुको ठूलो बजार बंगलादेश भए पनि भन्सारसहित अन्य प्रकारको ठूलो अवरोध छ।

बंगलादेशबाट कृषिजन्य वस्तुसहित अन्य वस्तु नेपालमा आयात हुँदा १३ प्रतिशत मात्रै भन्सार शुल्क लाग्छ। यसले गर्दा बंगलादेशको कृषिसहित अन्य वस्तुले सहजै नेपालमा प्रवेश पाउँछ। तर, नेपालबाट कृषिजन्यसहित अन्य वस्तु निर्यात गर्न भन्सार शुल्क, गैरभन्सार शुल्क र भन्सारबाहेक अन्य शुल्क (पारा ट्यारिफ)को चरण पार गर्न मुख्य चुनौती छ।

उसै पनि बंगलादेशले आफ्नो मुलुकमा कृषिजन्य वस्तुमा भन्सार शुल्क निकै बढी राखेको छ। बंगलादेशले कृषिजन्य वस्तुतर्फ भन्सार शुल्क (ट्यारिफ) २५ प्रतिशत राखेको छ। यस्तै अन्य शुल्क (पारा ट्यारिफ) तर्फ सप्लिमेन्ट्री ड्युटीतर्फ ३ सय ५० प्रतिशत, भ्याटतर्फ १५ प्रतिशत, एडभान्स इनकम ट्याक्सतर्फ ५ प्रतिशत, रेगुल्याट्री ड्युटीतर्फ ३ र एडभान्स ट्रेड भ्याटतर्फ ५ प्रतिशत शुल्क तोकेको छ।

बंगलादेशमा कृषिजन्य वस्तु निर्यात गर्दा भन्सार शुल्क र अन्य शुल्क मात्रै जोड्दा १ सय ३० प्रतिशतसम्म शुल्क तिर्नुपर्ने बाध्यता छ। यसले गर्दा बंगलादेशमा कृषिजन्य वस्तु निर्यात गर्न चुनौतीपूर्ण रहेको पूर्वसचिव ओझाको भनाइ छ। यसबाहेक बंगलादेशले आफूखुसी भन्सार मूल्यांकन गर्दा त्यसले निर्यात प्रक्रियामा झनै चुनौती थपिएको छ।  प्रतिमेट्रिक टन २ सय २५ डलर पर्ने अदुवाको ९ सय डलरसम्म भन्सार मूल्यांकन गरिएका कारण बंगलादेशमा निर्यात गर्न निक्कै असहज भएको ओझाले बताए।

यसबाहेक गैरशुल्क  (नन्ट्यारिफ) को समस्या त्यत्तिकै रहेको उनले बताए। नेपाली वस्तु निर्यात गर्न बंगलादेश ठूलो बजार भए पनि यस्ता शुल्क नघटाइँदा र नहटाइँदासम्म निर्यात गर्न सहज छैन। एचएस कोड ६ अन्तर्गत १४ वस्तुअन्तर्गत ७६ प्रकारका नेपाली वस्तु बंगलादेशमा निर्यात गर्न सकिने जानकारी उनले दिए।

भन्सारको शुल्क, गैरभन्सार शुल्क र भन्सारबाहेक अन्य शुल्क (पारा ट्यारिफ) का विषयमा बंगलादेश सरकारसँग छलफल गरेर कृषिजन्य वस्तुमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्नुपर्ने, अन्यको हकमा घटाउनुपर्ने, गैरभन्सार शुल्क र अन्य शुल्कको व्यवस्था हटाउनुपर्ने सुझाव ओझाको छ।

समझदारीका विषय

रोहनपुर–सिंहवाद नयाँ रेलमार्ग
यो मार्ग प्रयोग गरी थोरै समय र कम खर्चमा नेपाली वस्तु बंगलादेशको बजारसहित तेस्रो मुलुकसम्म पुर्‍याउन सकिने।

स्यानेटरी र फाइटो स्यानेटरी
बोटबिरुवा तथा पशुपन्छीमा हुने सूक्ष्म जीवाणुका कारण हुन सक्ने रोग तथा फैलन सक्ने जीवाणुको विषयमा आवश्यक अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि आदानप्रदान।

पर्यटन क्षेत्रमा सहकार्य
दुवै मुलुकका पर्यटकलाई एकअर्का मुलुकमा सहज रूपमा आवागमन। यसका लागि बंगलादेशको सैयदपुरबाट विराटनगरसम्म सोझो हवाईसेवा सञ्चालन गर्ने विषयमा आवश्यक गृहकार्य गरिने।

संस्कृति  सहकार्य
दुवै मुलुकका विद्यार्थी तथा संस्कृतिविज्ञलाई एकआपसमा आवश्यक ज्ञान र क्षमता आदानप्रदान गरिने। एकअर्का मुलुकको संस्कृतिबारे अध्ययन गर्नेलाई सरकारले सहयोग गर्ने।

अन्नपूर्णबाट साभार

आँधी तुफान–२’ का केन्द्रविन्दु

0

काठमाडौं : लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘आँधी तुफान–२’ मा नेपाली फिल्म उद्योगमा अग्ला नायकको परिचय बनाएका सञ्जय खतिवडा केन्द्रीय भूमिकामा प्रस्तुत हुने भएका छन्। दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार नायक प्रभासको चर्चित फिल्म ‘साहो’मा खलनायकको भूमिका निर्वाह गरेर चर्चा कमाएका नेपाली अभिनेता कनिज कोइरालालगायतका खलपात्रका बीचमा सञ्जयले एकल नायकको भूमिका निर्वाह गर्न लागेका हुन्।

एक्सन रिभेन्ज स्टोरीमा बन्ने फिल्ममा तीन नायिका र तीन खलनायक रहनेछन् भने सञ्जयले तीनै नायिकालाई कार्डको रूपमा प्रयोग गरेर बदलाको कथालाई उत्कर्षमा पुर्‍याउनेछन्। प्रहरी सेवामा रहेर काम गर्दा पाएको धोकाको बदला लिन एक्सन प्रधान भूमिकामा देखिएका नायिकालाई उनले प्रयोग गर्नेछन्।

लायन्स क्लबअफ काठमाडौंका अध्यक्षसमेत रहेका सञ्जयले थोरै फिल्म खेलेर नै आफ्ना विभिन्न सामाजिक क्रियाकलापमार्फत चर्चा बटुल्न सफल भएका हुन्। कोरोना महामारीपछि मौनताले निर्माण गर्न लागेको यो फिल्मका कारण उद्योगमा केही चहलपहल सुरु भएको छ। फिल्मका कलाकारका साथै यसका तीन नायिकाले गर्ने एक्सनका कारण पनि यो फिल्मप्रति चासो बढाएको छ।

फिल्म छायांकनमा जाने तयारीमा रहेको छ। एक दशकअगाडि निर्माण भएको फिल्म ‘आँधी तुफान’को सिक्वेलका रूपमा फिल्म निर्माण हुन लागेको हो। फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान अधिकारी, सोनी बीसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ।

फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीको गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ।

अन्नपूर्णबाट साभार

कम्प्युटर गेमः आठ वर्षीय जोसेफ बने ‘फोर्टनाइट’का कान्छा व्यावसायिक खेलाडी

0

अमेरिकाका आठ वर्षीय बालक जोसेफ डिन ‘फोर्टनाइट’ नामक लोकप्रिय ‘कम्प्युटर गेम’मा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका छन्। गत डिसेम्बरमा ‘टिम ३३’ ले उनलाई अनुबन्ध गरेपछि उनले हस्ताक्षर गरेबापत ३३,००० अमेरिकी डलर र एउटा तीव्र गतिको कम्प्युटर प्राप्त गरेका छन्।

‘फोर्टनाइट’ अनलाइन खेलिने खेल हो जुन विश्वका करौडौँ मानिसहरूले खेल्ने गर्छन् । संसारभर २० करोड प्रयोगकर्ता रहेको यो खेल निःशुल्क डाउनलोड गर्न सकिन्छ। ‘मलाई अनुबन्धको प्रस्ताव आउँदा रमाइलो लाग्यो,’ उनले भने ।

‘मैले व्यावसायिक खेलाडी बन्ने विषयमा लामो समयदेखि सोचेको थिएँ तर टिम ३३ को प्रस्ताव नआउँदासम्म कसैले यो कुरालाई गम्भीरतापूर्वक लिएनन्।’ जोसेफले चार वर्षको उमेरदेखि ‘फोर्टनाइट’ खेल्न थालेका थिए र १८ महिला पहिले ‘टिम ३३’ ले उनको खेलप्रति रुचि देखाएको थियो। ‘हाम्रो एक खेलाडी खोज्ने व्यक्तिले जोसेफ भन्ने बालक छ र उ निकै राम्रो खेल्छ भन्यो,’ टिम ३३ का सह–संस्थापक र प्रमुख कार्यकारी टेलर ग्यालाहारले भने। त्यसपछि उनीहरूले दुई जनाबीच हुने प्रतिस्पर्धा प्रत्येक दिन सकेसम्म धेरै खेल्न थाले। एक दिन उनले भने यदि यो बालकलाई हामीले अनुबन्ध नगर्ने हो भने अरूले गर्छ भन्ने कुरा भयो।

कम्प्युटर खेलबाट हुने आम्दानीका बारेमा जानकारी दिने वेबसाइटका अनुसार ‘फोर्टनाइट’बाट सबैभन्दा बढी कमाउने १० मध्ये दुई जना मात्रै १८ वर्षभन्दा माथि उमेरका छन्। अहिलेसम्मको एक मात्र ‘फोर्टनाइट’ विश्व प्रतिस्पर्धा सन् २०१९ मा १६ वर्षीय काइल गियर्सडर्फले जित्दै ३० लाख डलर हात पारेका थिए।

जोसेफका लागि काइल गियर्सडर्फको जित प्रेरणादायक थियो।

उनीजस्तै खेल्ने र बन्ने मेरो सपना छ। उनलाई पनि विश्व प्रतिस्पर्धा नजितेसम्म कसैले पनि गम्भीर रूपमा लिएनन्। मलाई पनि टिम ३३ को प्रस्ताव नआउँदासम्म कसैले गम्भीरतापूर्वक लिएनन्। तर कम्प्युटर खेललाई वर्गीकरण गर्ने संस्थाहरूका अनुसार जोसेफ ‘फोर्टनाइट’ खेल्ने उमेरका भएका छैनन्।

सो खेलमा हिंसा सम्बन्धी विवरण र सामग्री भएका कारण १२ वर्षभन्दा माथिकालाई मात्र खेलका लागि योग्य भनेर वर्गीकरण गरिएको छ। तर जोसेफकी आमा गिगिले त्यसले आफू चिन्तित नभएको बताएकी छन्। उनले जोसेफलाई विद्यालयपछि दैनिक दुई–तीन घण्टा खेल्न दिने गरेको बताइन्।

‘मैले ‘फोर्टनाइट’ खेलेको हेरेकी छु र मलाई लाग्दैन हामीले गलत गरिरहेका छौँ। जोसेफ राम्रो परिवारको सन्तुलित बालक हो र यसले उसलाई असर गर्दैन,’ उनले भनिन्।

जोसेफले पियानो पनि बजाउने गर्छन्।

‘पियानो बजाउने अनुभवले मलाई किबोर्ड र माउस चलाउन सहयोग गर्यो,’ जोसेफले भने। गिगिले छोराले कमाएको पैसा उसले भविष्यमा चलाउन सक्ने गरी ब्याङ्कमा जम्मा गरिदिएको बताइन्।

जोसेफले सुपरस्टार बन्न र पैसा जित्न भने कुर्नुपर्ने छ किनभने १३ वर्षभन्दा कमका व्यक्तिले ‘फोर्टनाइट’का नगद पुरस्कार भएका प्रतिस्पर्धा खेल्न पाउँदैनन्।

‘टिम ३३’ ले उनलाई क्षमता विकास गर्न र उनलाई आफ्नो टोलीको सदस्य राखिराख्न मात्रै अनुबन्ध गरेको बताएको छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार जोसेफ डिन सबैभन्दा कम उमेरमा व्यावसायिक कम्प्युटर खेलको खेलाडी बन्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्।

पहिलो नम्बरमा सन् २००५ मा सात वर्षको उमेरमा व्यावसायिक बनेका अमेरिकी भिक्टर डे लियोन ‘लिटल प्वाइजन’ छन्।

अन्नपूर्णबाट साभार

मङ्गल ग्रहमा हेलिकाेप्टर उडाउने तयारी गर्दै नासा

0

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एप्रिलको सुरुमा मङ्गल ग्रहमा हेलिकाेप्टर उडाउने अपेक्षा राखेको बताएको छ । एक महिनाअगाडि मङ्गल ग्रहको सतहमा अवतरण गरेको पर्सिभिअरन्स नामक यानसँग पठाइएको १.८ किलोको सानो हेलिकाेप्टरको नाम इन्जुनीइटी हो ।

दुईवटा रोटर भएको हेलिकाेप्टरले पातलो हावा भएको मङ्गलमा उड्ने प्रयास गर्ने छ । सफल भए त्यो राइट दाजुभाइको जस्तो समय हुने नासाले बताएको छ ।

ओर्भिल र विलभर राइटले सन् १९०३ मा पहिलो पटक हावाभन्दा गह्रुङ्गो विमान पृथ्वीमा उडाएका थिए । नासाले मङ्गल ग्रहमा पठाएको हेलिकाेप्टरमा त्यो पहिलो उडानको पङ्खाको सानो कपडा टाँसिएको बताएको छ । अहिले हेलिकाेप्टर पर्सिभिअरन्सको पेटभित्रै रहेको छ । गएको सप्ताहान्तमा यसलाई छोप्ने बिर्को भने खोलिएको छ र अबको केही दिनमा हेलिकाेप्टरलाई जमिनमा राखिने छ ।

हेलिकाेप्टरका लागि इन्जिनियरहरूले १० मिटर लम्बाइ र उत्तिकै चौडाइको क्षेत्र रोजेका छन् । त्यहाँ सो हेलिकाेप्टरले पाँच वटा छोटो दूरीको उडान भन्ने प्रयास गर्ने छ।

पर्सिभिअरन्सले भने ती उडानहरू क्यामरामा उतार्ने प्रयास गर्ने छ। ‘हामी सकेसम्म इन्जुनीइटीको उडान खिच्ने प्रयास गर्ने छौँ,’ नासाका इन्जिनियर फारह अलिबेले बताइन्। ‘हामीले तस्बिर खिच्ने छौँ। हामीले भिडिओ खिच्ने पनि आशा गरेका छौँ। ‘तर यो चुनौतीपूर्ण हुने उनको भनाइ छ । यान र हेलिकाेप्टर दुवैले भिन्नाभिन्नै काम गर्छन् तर तीनमा फरक घडी छन् र उडान खिच्नका लागि ती दुवै घडी एकै समयको हुनुपर्छ ।

पातलो हावामा उड्नुपर्ने भएकोले इन्जुनीइटी असाध्यै हलुका छ । यसका कार्बनले बनेका चार वटा पङ्खा छन् जुन प्रतिमिनेट २,४०० पटक घुम्ने दुई रोटरमा राखिएका छन्। यसको पहिलो उडान सतहभन्दा तीन मिटर माथिसम्म उठ्ने, घुम्ने र ३० सेकेन्ड अडिने खालको सामान्य हुनेछ । सफल हुँदै गएमा त्यसपछिका उडानहरू लामो र कठिन खालका हुँदै जाने छन्।

‘अहिले हामीले योजना बनाएको भनेको सुरुका तीन उडान यसको क्षमता परीक्षण हो जसमा हावामा अडिने, अलि लामो दूरीमा गएर फर्कने हुनेछ,’ इन्जुनीइटीका प्रमुख चालक हावर्ड ग्रिपले बताए। ‘सबै राम्रो भएमा हामी थप कुराहरू गर्न प्रयास गर्छौँ तर त्यसको विस्तृत योजना बनेको छैन।’ अन्तिम उडानमा केही नाटकीय गरिने हो कि भन्ने प्रश्नमा उनले अनुमान गर्न अस्वीकार गरे।

नासाले सन् २०३० को दशकका लागि शनि ग्रहको चन्द्रमा टाइटनको सतहको वारपार रोबोट सञ्चालित हेलिकाेप्टर उडान गर्ने ड्रागनफ्लाई नामक मिशनमा काम गरिरहेको छ।

सन् १९८० को दशकमा बुध ग्रहको हावामा भेगा बलुनहरू उडाएर तत्कालीन सोभियत सङ्घले अर्को ग्रहमा हवाई उडान गर्न सुरु गरेको थियो।

अन्नपूर्णबाट साभार

‘मेरै घर मेरो मञ्च’ मा नाटक

0

काठमाडौं : संसारभरि फैलिएको कोरोना भाइरसका कारण लगभग संसारका मानिस सबै भयकम्पित छन्। नेपाल पनि यसको असरबाट पर रहन सकेन। विद्यालय समयअगावै बन्द भए। एसईई परीक्षानै स्थगित भयो। मानिस आ–आफ्ना गाउँ फर्किए। केही बालबालिका मामाघर गए।

सरकारले लकडाउन घोषणा गर्याे। सबैजना घरभित्रै बसिरहेका छन्। घरभित्र बस्दा बस्दा थकान, दिग्दारीको अवस्था सिर्जना भएको छ। खेलिरहनु पर्ने, उफ्रिरहनु पर्ने बालबालिकालाई झन् के भयो ?उनीहरू कोठाभित्रै कसरी बसिरहेका होलान् ?यही अवस्थालाई मध्यनजर गर्दै स्कुल थिएटर नेपाल र लालाबालाले ‘मेरै घर मेरो मञ्च’ छोटा नाटकहरूको महोत्सव घोषणा गर्याे।

जसमा बालबालिकाले आफ्नै घरमा बसेर, घरको कौसी, कोठा, बेड, छाना जहाँ सम्भव हुन्छ त्यहीँ जे उपलब्ध हुन्छ त्यही सरसामानसँग नाटक बनाउनु पर्ने हुन्छ। नाटकमा अरू परिवारमा सदस्यहरूले पनि अभिनय गर्न सक्नेछन्। नाटक अवधि ३ मिनेटदेखि ५ मिनेटसम्मको हुनु पर्नेछ। ‘जानकारी फेसबुकमा देख्नेबित्तिकै धेरै बालबालिका उत्साहित भए।नाटक बनाउन सुरु गरे।हामीले करिब ३० वटा नाटक प्राप्त गरेको छौं’, स्कुल थिएटर नेपालका संस्थापक निर्देशक टंक चौलागाईंले भने।

उनका अनुसार, विशाल न्यौपाने र तिर्सना पान्डेले गुल्मीबाट, कश्यप ज्ञवालीले पाल्पाबाट, दिब्बेस पौडेलले बुटवलबाट, सविना विश्वकर्माले दमकबाट, सम्पन्न दाहालले गोर्खाबाट, अविरल काफ्लेले सुनसरीबाट, गरिमा विश्वकर्माले गाईघाटबाट, क्विनचम जोशी, प्रसन्न हुमागाई, सिजन बस्नेत, शुभेच्छा तिमल्सिना, अञ्चित ढुंगाना, आभा खड्का, रिजुल ओझा, साध्या भट्ट, सुविज्ञराज खरेल, सुयशा खनाल, आरेम श्रेष्ठ, सुरभी बर्तौला आदि बालबालिकाले उपत्यकाबाट नाटक पठाएका छन्।

‘बालबालिकासँग अभिभावकले मज्जाले अभिनय गरेका छन्।यी नाटक लालाबालाको फेसबुक पेजमा हेर्न सकिने छ। ती नाटकबाट उत्कृष्ट पाँचवटा नाटक छान्नेछौं’, चौलागाईंले भने।उनका अनुसार, निकै धेरै अभिभावक पनि उत्साहित छन्।

उपत्यका बाहिरबाट धेरै नाटक आएका छन्। श्रीलंकाबाट पनि नाटक प्राप्त भएको छ। प्राप्त भएका नाटकलाई हरेक दिन बिहान बेलुका एक एकवटा नाटक पोस्ट गरिने उनको भनाइ छ।

अन्नपूर्णबाट साभार

प्रदेशका अविश्वास प्रस्ताव झिकिँदै

0

विराटनगर/हेटौंडा : प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा पुगेको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसद सहमत भएका छन्। एमालेको प्रदेश १ संसदीय दलको बुधबारको बैठकमा सहभागी सांसदले सबै जना विराटनगरमा नभएकाले केही दिनमै सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिने बताएका हुन्।

‘हामीले हाम्रो कुरा पनि बैठकमा राख्यौं’, सांसद लीलावल्लव अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पहिलेजस्तो परिस्थिति अहिले छैन, अब सबैले एकैपटक फिर्ता लिने हो।’ अधिकारीले पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।

सर्वोच्च अदालतले नेकपा एकता बदर गरेपछि एमाले दलको बैठक बसेको हो। बैठकमा दलका नेतासमेत रहेका मुख्यमन्त्री शेरधन राईले एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए। ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुहुने एमालेका सांसदहरुलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन दलको बैठकले निर्देशन दिएको छ’, सांसद गोपाल बुढाथोकीले भने, ‘एमालेका सबै सांसद अहिले एक ठाउँमा छौं।’ बैठकले दलको विधान पारित गरेको छ। संसदीय बोर्ड गठन गरिएको छ।

साविक नेकपा हुँदा दाहाल–नेपाल समूहका ३७ सांसदले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये १६ माओवादीका र बाँकी एमालेको माधवकुमार नेपाल पक्षका थिए। नेपाल पक्षधर सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारीलगायतले अविश्वास प्रस्ताव फिर्ता गर्ने बताएका हुन्।

यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद पनि जोगिने निश्चित भएको छ। नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको जनाइएको छ। काठमाडौंमा बुधबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बागमती र प्रदेश १ मा दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो। यसबारे आधिकारिक जानकारी भने नआएको बागमती प्रदेशसभा सदस्य एवं एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताइन्।

अविश्वास प्रस्तावको हस्ताक्षरकर्तामध्येकी एक सिग्देलले भनिन्, ‘पार्टीले निर्णय गरेको भनेर मिडियाबाट सुनेकी छु। निर्णय भएको हो भने त्यहीअनुसार अगाडि बढ्छौं।’ यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षले अविश्वासको प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको थियो।

साविक नेकपाको दाहाल–नेपाल पक्षका सांसदले मुख्यमन्त्री पौडेलबिरुद्ध पुस १० गते ४५ जना सांसदको हस्ताक्षरसहित  विश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अन्नपूर्णबाट साभार

गुल्मीमा ११ घर जलेर नष्ट

0

सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट भएका छन् ।

बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङ मा ७ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

सुख्खा मौससमा बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्माले जानकारी दिएका छन् ।

आगलागीबाट ११ वटा घर जलेर पूर्ण नष्ट भएका र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

आगलागी भएको स्थानमा प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलतर्फ गएका छन् ।

यस्तै, सोही जिल्लाको इस्मा गाउँपालिकामा रहेका सामुदायिक बनहरुमा पनि केही दिनदेखि आगलागी भइरहेको छ ।

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

0

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ ।

भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । यसअघि गत वर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको सिरहामा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख यादवले बताउनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सूचना जारी गरी कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भिडभाड नगरी घरमै मनाउन आग्रह गर्नुभएको छ ।

कोरोना सङ्क्रमणका कारण सिरहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ मा नेगेटिभ तथा एक हजार ६४८ जना पोजेटिभ आएको थियो । तीमध्ये २५ सङ्क्रमितको मृत्यु भएको थियो ।

बाँकेमा खोरमा थुनेर राखेको बाघ भागेपछि उच्च सतर्कता

0

लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ ।

नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताउनुभयो । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न निरन्तर सूचना जारी गरिरहेको शाहले जानकारी दिनुभयो ।

बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज समक्ष बुझाएको थियो । बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको जनाइएको छ ।

पानीको मूल्य तीन गुणा बढाउन संसदीय समितिको निर्देशन

0

गुणस्तर सुधार र उपभोक्ता ठगी रोक्नुको सट्टा मूल्य बढाउन संसदीय समिति नै अग्रसर देखिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पानीको मूल्यवृद्धि र प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ व्यवसाय गरिरहेकालाई फाइदा पुग्ने गरी निर्देशन दिएको हो ।

हाल सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ रुपैयाँदेखि ४० रुपैयाँ तिरिरहेका छन् । तर समितिले सरकारले तोकेको मूल्य घटाएको भन्दै उपत्यकामा प्रतिजार अधिकतम ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोक्न निर्देशन दिएको छ । उक्त मूल्य उत्पादन लागतभन्दा तीन गुणासम्म बढी हो ।

जानकारका अनुसार समितिले मूल्यभन्दा गुणस्तरमा जोड दिनुपथ्र्यो । ‘ तर समितिबाट स्वार्थमा हतार गर्दै मूल्य तोक्न निर्देशन दिइयो , उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘ वैज्ञानिक आधार नभई मूल्य बढाउनु उचित होइन । प्राथमिकता गुणस्तर नै हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।