Sunday, May 31, 2026
Homeअर्थ र ब्यापारसुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

 महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका