Wednesday, April 22, 2026
Homeअर्थ र ब्यापारसहिद परिवारलाई जीवन निर्वाह भत्ता

सहिद परिवारलाई जीवन निर्वाह भत्ता

रोल्पा  : रोल्पाको माडी गाउँपालिका— ५ ले सहिद परिवारलाई मासिक जीवन निर्वाह भत्ता दिने भएको छ। गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका २४ जना सहिद परिवारलाई मासिक १५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको छ।

सहिदमध्ये २१ जना राज्य पक्षबाट र ३ जना विद्रोही पक्षबाट मारिएका थिए। वडाध्यक्ष भरतबहादुर बुढामगरले सहिद परिवारलाई जीवन निर्वाहमा सहजता ल्याउन गाउँसभाबाट पारित गरी भत्ता दिने निर्णय गरिएको बताए।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि वडालाई उपलब्ध गराएको ३० लाख रुपैयाँ बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारेको हो। वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको अध्यक्ष बुढामगरले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका