Tuesday, September 1, 2026
Homeखेलकुदसन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा, को को परे?

सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा, को को परे?

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको समन्वयमा नेपाली टोली छनोट गरिएको जनाएको छ।

प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिता सकिए लगत्तै राष्ट्रिय टोली छनोट भएको हो। प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम पनि १६ सदस्यीय नेपाली टोलीमा परेका छन्। उनले एपीएफका लागि सेमिफाइनलमा १८ बलमा ६६ रन बनाएका थिए।विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को को परे?

त्यस्तै, प्रदीप ऐरी पनि लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका छन्। त्यस्तै, जितेन्द्र मुखिया, विवेक यादव, शहाब आलम राष्ट्रिय टोलीमा परेका छन्।

राष्ट्रिय टोलीका मुख्य बलर सोमपाल कामी, विकेटकिपर एवं ब्याट्सम्यान विनोद भण्डारी, रोहितकुमार पौडेल लगायत खेलाडी परेका छैनन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका