Sunday, April 26, 2026
Homeशिक्षाशैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा पूर्वमन्त्री शङ्कर भण्डारीको जोड

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा पूर्वमन्त्री शङ्कर भण्डारीको जोड

दमौली (तनहुँ), १८ भदौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्नुपर्ने बताएका छन्।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सांसद भण्डारीले शिक्षा क्षेत्रलाई राजनीति मुक्त राख्नुपर्नेमा जोड दिए।

तनहुँ क्षेत्र नं. २ बाट निर्वाचित सांसदसमेत रहेका भण्डारीले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए। नयाँ शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब सुधारात्मक कदम आवश्यक रहेको उनको भनाइ थियो।

आदिकवि भानुभक्त क्याम्पसले समुदायस्तरबाट सञ्चालित भएर यस क्षेत्रको शैक्षिक उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भण्डारीले उल्लेख गरे।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

सो क्याम्पसमा हाल तीन हजार १०० विद्यार्थी अध्ययनरत छन्। तिनमध्ये ९० प्रतिशत ग्रामीण भेगका, १८ प्रतिशत दलित तथा ७० प्रतिशत विपन्न वर्गका विद्यार्थी रहेको क्याम्पसले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका