Sunday, April 26, 2026
Homeशिक्षाशिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय

शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन सोमबार पेश गरिएको छ।

सिंहदरबारमा बसेको बैठकमा समितिका सचिव दशरथ धमलाले प्रतिवेदन सभापति अम्मरबहादुर थापालाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदन समितिका सदस्यलाई वितरण गरिएको छ र अध्ययनका लागि दुई दिन समय दिइएको छ।

सभापति थापाले प्रतिवेदनलाई अन्तिम रूप दिने प्रक्रिया सदस्यहरूको सुझावपछि मात्रै हुने बताए। उनले पूर्ण छात्रवृत्तिको व्यवस्था महत्वपूर्ण भए पनि राज्यले धान्न सक्ने गरी मात्र अघि बढाउनुपर्ने धारणा राखे। उनका अनुसार विपन्न विद्यार्थीलाई सहज बनाउन निजी र सरकारी दुवै क्षेत्रबाट योगदान रहने व्यवस्था गर्नुपर्नेछ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयक अघि बढाउन ढिलाइ भएको उल्लेख गर्दै चाँडै पारित गर्न आग्रह गरे। उनका अनुसार विधेयकमा समावेश अधिकांश विषयमा सरकारले सहमति जनाइसकेको छ।

समितिले प्रतिवेदन भदौ ५ गते बस्ने बैठकमा छलफल गरी पारित गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका