Sunday, April 26, 2026
Homeअर्थ र ब्यापारवैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौँ: चालु आर्थिक वर्षको छ महिनामा वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो गत वर्षको सोही अवधिको रु ५८ अर्ब ९५ करोडभन्दा दुई अर्ब कम भए पनि विदेशमा अध्ययनका लागि जाने खर्च अझै बढ्दो छ।

सेवा खाताअन्तर्गत भ्रमण खर्च ९.७ प्रतिशतले वृद्धि भई रु १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ।
गत वर्ष यो खर्च रु ९२ अर्ब ८७ करोड थियो।

समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोड घाटामा रहेको छ।
अघिल्लो वर्ष यो घाटा रु ३५ अर्ब ४३ करोड थियो।

भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ।
गत वर्ष यो आय रु ३९ अर्ब ८२ करोड थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका