Wednesday, July 29, 2026
Homeखेलकुदविश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं — आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दैछ।

शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो। त्यसअघि समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो।

सुपर सिक्सको पहिलो खेलमा नेपाल र यूएईबीच आइतबार दिउँसो ४ः१५ बजे प्रतिस्पर्धा हुनेछ। यस चरणमा नेपालले यूएईसँगै कतार, ओमान र सामाओ विरुद्ध पनि खेल्नेछ।

नेपालले विश्वकप छनोटको अन्तिम चरणमा पुग्ने लक्ष्यसहित टिम संयोजनलाई अझ सशक्त बनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका