Saturday, May 30, 2026
Homeअर्थ र ब्यापारलोभलाग्दो कृषि कर्म

लोभलाग्दो कृषि कर्म

फिदिम। राजनीतिक दलको कार्यकर्ता भएर दौडिरहने पाँचथरका दुई जना युवा यतिखेर कृषि कर्ममा व्यस्त छन्। कृषिमा उनीहरूको लगाब निकै लोभलाग्दो छ। ‘राजनीति गर्नका लागि उद्यमशील बन्न आवश्यक रहेछ,’ उनीहरू भन्छन्, ‘कृषिमा युवाहरूको आकर्षण बढाउने र कृषिबाट राम्रो आम्दानी गर्र्न सकिन्छ भन्ने नमुना प्रस्तुत गर्न हामीले यो काम थालेका हौँ।’

फाल्गुनन्द गाउँपालिका—७ आङसराङका विजयहाङ आङ्देम्बे र फिदिम नगरपालिका—७ रानीटारका चन्द्र बाँस्कोटाले संयुक्त रूपमा कृषि फर्म सञ्चालन गरेका हुन्। उनीहरूले फिदिम—४ सरखण्डेमा कालिका बहुउद्देश्यीय कृषि तथा पशुपंक्षीपालन फर्म सञ्चालन गरेका छन्।

सरखण्डेका सनलाल तामाङसँग १८ लाखमा ९ रोपनी जमिन खरिद गरेर उनीहरूले फर्म सुरु गरेका हुन्। सोही स्थानका डिल्ली तामाङसँग वार्षिक १५ हजार रुपैयाँ बुझाउने गरी २१ रोपनी जमिन लिजमा लिएका छन्।
गत माघ महिनादेखि फर्म सञ्चालन सुरु गरेका उनीहरूले ४० लाख लगानी गरिसकेका छन्। ‘जमिनसहित बाख्रा र कुखुरा खरिदका लागि ४० लाखभन्दा धेरै लगानी भएको छ,’ आङ्देम्बेले भने ‘अहिले पनि लगानीकै चरणमा छौँ।’

कृषि फर्ममा विभिन्न जातका ८० ओटा बाख्रा छन्। लोकल, कडकनाथ र ब्रोइलर कुखुरा पालिएको छ।  ‘बोयर जातका बाख्रा उत्पादन गर्नमा हामीले जोड दिएका छौँ,’ बाँस्कोटाले भने ‘हाम्रो फर्मबाट उन्नत जातका बाख्राहरू उत्पादन सुरु भएको छ।’
आगामी दिनमा टर्की, तित्रा, बट्टाईलगायतका मासुजन्य पशुपंक्षी पाल्ने उनीहरूको योजना छ। ‘अब कटेज बनाउने तयारी छ,’ बाँस्कोटाले भने ‘ग्राहकलाई सबै प्रकारका मासुका परिकारहरू खुवाउन सक्ने गरी कटेज सञ्चालन गर्ने तयारी छ।’

उनीहरूको फर्ममा रानीटारका कालीबहादुर तामाङको परिवारलाई रोजगारी मिलेको छ। फर्ममा खटेबापत तामाङको परिवारलाई बस्नका लागि घर र वार्षिक दुई लाख दिने सम्झौता छ। फर्मको नाममा रहेको ३० रोपनी जमिनमा तामाङको परिवारले खेती गर्ने पाउने सुविधा पनि दिइएको छ। अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका