काठमाडौं । भारतले एसिया कपको उपाधि जितेको छ । गएराति यूएईमा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचाल्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर एक बलमै सबै विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । आक्रामक सुरुवात गरे पनि मध्यम तथा पछिल्लो क्रमले योगदान दिन नसक्दा पाकिस्तान उपाधिबाट वञ्चित रह्यो ।
१४७ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर चार बलमै पाँच विकेट गुमाएर १५० रन पुरा गर्यो । भारतका तर्फबाट तिलक बर्माले अर्धशतकीय इनिङ खेले । उनले ५३ बलमा नटआउट ६९ रन बनाएर जितमा महत्वपूर्ण भूमिका खेले ।


