Thursday, July 30, 2026
Homeखेलकुदभरान युनाइटेड जाने पक्का, रियलसँग भयो सहमति

भरान युनाइटेड जाने पक्का, रियलसँग भयो सहमति

काठमाडौं । डिफेन्डर राफेल भरान प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड जाने पक्का भएको छ । म्यानचेष्टर युनाइटेडले फ्रान्सेली डिफेण्डर भरान अनुबन्ध गर्ने विषयमा स्पानिस क्लब रियल मड्रिडसँग सहमति भएको विज्ञप्तिमार्फत जनाएको छ ।

युनाइटेडले अब विश्वकप विजेता भरानको स्वास्थय परीक्षण हुन बाँकी रहेको खेलाडीको व्यक्तिगत विषयको बारेमा निर्णय हुन बाँकी रहेको जनाएको छ ।

२८ वर्षीय भरानले सन् २०१० मा फ्रेन्च क्लब लेन्सबाट व्यावसायिक करियर शुरु गरेका थिए । एक वर्षपछि नै स्पानिस क्लब रियल पुगेका भरानले मड्रिडमा एक दशक बिताउँदा तीन पटक ला लिगा, ४ पटक युरोपियन च्याम्पियन्स लिग, एक पटक कोपा डेल रे र चार पटक फिफा क्लब विश्वकपको उपाधि जितिसकेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका