Thursday, June 18, 2026
Homeअपराध र घटनाबुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ

बुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । रुपन्देहीको बुटवलबाट कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ क्षेत्रमा केही दिनदेखि चिनियाँ नागरिकहरूले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४९ वर्षीय छि‌ओङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले विभिन्न डिजिटल प्लेटफर्म र एप्स प्रयोग गरी क्रिप्टोकरेन्सी कारोबार गरिरहेका थिए।

उनीहरूको साथबाट प्रहरीले ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका