Friday, April 17, 2026
Homeअर्थ र ब्यापारबर्दिबासका रेलवे मुआब्जा पीडितहरु आन्दोलित

बर्दिबासका रेलवे मुआब्जा पीडितहरु आन्दोलित

काठमाडौँः महोत्तरीको बर्दिबासका रेलवे मुआब्जा पीडित स्थानीयहरु आन्दोलित भएका छन् ।

चलनचल्तीको मूल्यमा मुआब्जा नदिएको भन्दै उनीहरु अधिग्रहण गरिएको जग्गाका कित्ताहरुमा कालो झण्डा गाडेका छन् ।

२०७३ पुस २ मा मेची–महाकाली रेलवे लिक र स्टेसन निर्माणका बर्दिबास नगरपालिकाको  वडा नम्बर १, २ र १४ मा पर्ने ५७ बिघा भन्दा बढी जग्गा अधिग्रहण गरेको थियो ।

कौडीको भाउमा जग्गा नदिने भन्दै किसानहरु आन्दोलित भएका हुन् । रेलवे स्टेसनभित्र अधिग्रहणमा परेको जग्गाको ३२ शीर्षकमा विभाजित गरेर हालै कठ्ठाको  ७ लाखदेखि ८० लाखसम्म मुआब्जा निर्धारण गरिएको छ ।

मालपोतमा गरिएको जग्गा रजिष्ट्रेसन, बैंकले प्रवाह गर्ने कर्जाको मूल्यांकन, नगरपालिकाले लिने सम्पत्ति करको आधार र अन्य मुल्यांकनका आधारमा मुआब्जा तय गरिएको मुआब्जा निर्धारण समितिका संयोजक तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाए ।

कठ्ठाको २० लाखदेखि १ करोड २० लाखसम्म रेल्वे मुआब्जा पीडितहरुले मागेको रेलवे पीडित  संघर्ष समितिका संयोजक राजु खड्काले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका