Friday, April 17, 2026
Homeअर्थ र ब्यापारधनुषाका स्थानीय तहको बजेटमा सडक पूर्वाधार, कृषि र शिक्षा प्राथमिकता

धनुषाका स्थानीय तहको बजेटमा सडक पूर्वाधार, कृषि र शिक्षा प्राथमिकता

जनकपुर । धनुषाको अधिकांश स्थानीय तहले बजेट ल्याएको छन् । बजेटमा सबैभन्दा बढी सडक पूर्वाधार, कृषि र शिक्षा लगायत क्षेत्रलाई प्राथमिकता स्थानीय तहले दिएको देखिन्छ । दोश्रो पटकको कोरोना महामारी जारी रहेकै बेला यसलाई पूर्णतः बेवास्ता गरिएको छ ।

धनुषाको १८ वटा मध्ये ५ वटा स्थानीय तहको बजेट भने अझै पनि अन्योलमै छ । १३ वटा स्थानीय तहले सभामार्फत बजेट पारित गरेका छन् । असार १० गतेभित्र नगर तथा गाउँ सभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण धनुषाको एक उपमहानगरपालिका, ८ नगरपालिका र ४ गाउँपालिकाले नीति तथा कार्यक्रमसँगै बजेट पारित गरेका हुन् ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, हंसपुर नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, नगराईन नगरपालिका, विदेह नगरपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका र बटेश्वर गाउँपालिकाले नगर तथा गाउँ सभामार्फत आर्थिक वर्ष ०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरिसकेको छ ।

त्यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँ, मिथिला नगरपालिकाले ६५ करोड १८ लाख ५० हजार २ सय ३० रुपैयाँ २० पैसा, हंसपुर नगरपालिकाले ६२ करोड ८० लाख ५६ हजार रुपैयाँ र क्षीरेश्वरनाथ नगरपालिकाले ६१ करोड २४ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएका छन् ।

यस्तै धनुषाधाम नगरपालिकाले ५६ करोड ५१ हजार रुपैयाँ, सबैला नगरपालिकाले ६३ करोड ५२ लाख ५० हजार रुपैयाँ, नगराईन नगरपालिकाले ४७ करोड १९ लाख रुपैयाँ, विदेह नगरपालिकाले ५९ करोड रुपैयाँ, मिथिला बिहारी नगरपालिकाले ५० करोड ५५ लाख ५५ हजार रुपैयाँ, औरही गाउँपालिकाले ३८ करोड १९ लाख ५० हजार रुपैयाँको बजेट ल्याएका छन् ।

लक्ष्मीनिया गाउँपालिकाले ३० करोड ३० हजार रुपैयाँ, मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४६ करोड ३५ लाख ३८ हजार ६ सय ८२ रुपैयाँ र बटेश्वर गाउँपालिकाले ३६ करोड १५ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको छ ।

बजेट पारित गरेका अधिकांश स्थानीय तहहरुले पुरानै योजनालाई निरन्तरता दिएको छ । यता गणेशमान चारनाथ नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिकाले तयारी नपुगेको भन्दै बजेट ल्याउन सकेनन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका