Monday, April 27, 2026
Homeअन्तराष्ट्रियदोहोरो भिडन्तमा २२ माओवादी मारिए

दोहोरो भिडन्तमा २२ माओवादी मारिए

काठमाडौं: भारतका गृहमन्त्री अमित शाहले आफ्नो एक्स अकाउन्टबाट छत्तीसगढको बिजापुर र कांकेरमा सुरक्षा बल र माओवादीहरू बीचको मुठभेडमा २२ संदिग्ध माओवादीहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

अमित शाहले लेखेका छन्, “आज हाम्रा सैनिकहरूले नक्सलमुक्त भारत अभियानमा अर्को महत्वपूर्ण सफलता प्राप्त गरेका छन्। छत्तीसगढको बिजापुर र कांकेरमा हाम्रा सुरक्षा बलका दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सली मारिएका छन्।”

उनले मोदी सरकारले आत्मसमर्पण नगर्ने नक्सलवादीहरूका विरुद्ध शून्य सहनशीलता नीति अपनाएको पनि उल्लेख गरेका छन्।

गृहमन्त्री शाहले अर्को वर्षको मार्च ३१ सम्म भारत नक्सलमुक्त हुने दाबी गरेका छन्। यस भिडन्तमा, जिल्ला रिजर्भ गार्डका एक जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीका अनुसार अहिलेसम्म १८ माओवादीको शव बरामद गरिएको छ। जनवरीदेखि अहिलेसम्म बस्तर क्षेत्रमा ७२ माओवादी मरेका छन्, र प्रहरीले मारिएका माओवादीहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।

बस्तर प्रहरीले एक विज्ञप्तिमा भनेको छ कि सुरक्षा बलको संयुक्त टोली बिजापुर र दन्तेवाडाको सिमानामा रहेको थाना गंगलुर क्षेत्रमा पुगेका थिए, जहाँ बिहान माओवादीहरूसँग मुठभेड सुरु भएको थियो। विज्ञप्तिमा भनिएको छ कि भिडन्त स्थलबाट दुई माओवादीको शव र ठूलो मात्रामा हतियार र गोला बारुद बरामद गरिएको छ।

यसैबीच, अर्को घटनामा, नारायणपुर-दन्तेवाडा सीमाको थुलथुली क्षेत्रमा भएको IED विस्फोटमा दुई जवान गम्भीर घाइते भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका