Sunday, July 5, 2026
Homeखेलकुदत्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै, पौडेलको कप्तानीमा युवा टोली मैदानमा...

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै, पौडेलको कप्तानीमा युवा टोली मैदानमा उत्रने

काठमाडौं: त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। स्कटल्यान्डको भ्रमणमा रहेको नेपाली टोलीले सोमबार साँझ ७:४५ बजे (नेपाली समय अनुसार) खेल सुरु गर्नेछ।

यसअघि आइतबार सम्पन्न सिरिजको उद्घाटन खेलमा आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। नेपाल पनि जितका साथ सिरिज प्रारम्भ गर्ने लक्ष्यमा रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली स्कटल्यान्ड पठाएको छ। अभ्यासक्रममा सोमपाल कामी र गुलशन झा घाइते भएपछि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले टोलीमा अवसर पाएका छन्। युवा खेलाडीहरूको समावेशले नेपाली टोलीलाई ताजगी र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो सिरिज नेपालका लागि आगामी टी–२० विश्वकप तयारीका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका