Sunday, April 19, 2026
Homeसूचना प्रविधितोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड

काठमाडौं: तोक्मा टेक्नोलोजीजले ‘तोक्मा एप’ र ‘जीकार्ड’ सार्वजनिक गरेको छ। राजधानीको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले यी दुवै प्रविधि सार्वजनिक गरेका हुन्।

तोक्मा टेक्नोलोजीजले ‘अल इन वन एप’ अर्थात सुपर एपको रूपमा तोक्मा एप ल्याएको हो भने, एनएफसी (नियर फील्ड कम्युनिकेशन) प्रविधिमा आधारित डिजिटल कार्ड ‘जीकार्ड’ सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै कुलमान घिसिङले यी प्रविधिहरूले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले भने, “यी प्रडक्टले डिजिटल इकोनोमीमा योगदान पुर्‍याउने छन् र रोजगारीका अवसर पनि सिर्जना गर्नेछन्। यस्ता प्रविधिले दैनिक जीवनलाई अझ प्रभावकारी बनाउँछ, त्यसैले सबैले प्रयोग गर्नुपर्छ।”

तोक्मा टेक्नोलोजीका सह-संस्थापक सञ्चमान राईले तीन वर्ष लामो अनुसन्धानपछि उत्पादन सार्वजनिक गरिएको जानकारी दिँदै, प्रयोगकर्ताको सुझावअनुसार सुधार गर्दै लैजाने बताए।

साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) सागर आङ्गेदम्बेले तोक्मा एप र जीकार्डलाई केवल प्रविधि नभई ‘देश परिवर्तनको संवाहक’ को रूपमा प्रस्तुत गरे।

शहरी यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपालीले सार्वजनिक यातायातमा राइड शेयरिङ अब अनिवार्य र सहज भएको उल्लेख गरे।

क्यान महासंघका उपाध्यक्ष चिरन्जिबी अधिकारीले आजको युगमा नवप्रवर्तन (इन्नोभेसन) अब विकल्प नभएर आवश्यकता भएको बताए। “स्टार्टअपहरू केवल साना व्यवसाय होइनन्, ती आशा, सम्भावना, नेतृत्व र डिजिटल नेपालको संवाहक हुन्,” उनले जोड दिए।

ब्राण्ड एम्बासडर विल्सन विक्रम राईले स्वदेशी प्रविधिको प्रयोगमा जोड दिंदै सबैलाई तोक्मा प्रयोग गर्न आग्रह गरे।

तोक्मा एप मा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा समावेश छन्।

जीकार्ड ले पारम्परिक भिजिटिङ कार्डको आवश्यकता हटाउँदै एनएफसी सपोर्ट गर्ने मोबाइलमा ट्याप गरेर व्यक्तिगत तथा व्यवसायिक विवरण सजिलै साझा गर्न सकिने सुविधा दिएको छ। आवश्यकताअनुसार जीकार्डमा विवरण परिमार्जन गर्न सकिने र यसले कागजको प्रयोग घटाएर वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका