Saturday, June 6, 2026
Homeखेलकुदटी–२० विश्वकप छनोटमा नेपालको प्रभावशाली जित, जापान ५ विकेटले पराजित

टी–२० विश्वकप छनोटमा नेपालको प्रभावशाली जित, जापान ५ विकेटले पराजित

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।

शुक्रबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा भएको खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३८ रन योगदान दिए। त्यस्तै गुल्शनकुमार झाले २८, कुशल भुर्तेलले २१, कप्तान रोहित पौडेलले १८ र दीपेन्द्र सिंह ऐरीले १४ रन जोडे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो। जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्कासहित ६० रनको उत्कृष्ट पारी खेले। त्यस्तै इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन जोडे।

नेपालका बलरहरू मध्ये गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट झारे।

यस जितसँगै नेपालले टी–२० विश्वकप छनोटमा आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका