Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियजापानमा हिमपातका कारण ठूलो सडक दुर्घटना, दुई जनाको मृत्यु

जापानमा हिमपातका कारण ठूलो सडक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । जापानमा हिमपात र कुहिरोका कारण शुक्रबार राति ठूलो सडक दुर्घटना भएको छ। प्रहरीका अनुसार कम भिजिबिलिटीका बीच दुई ट्रक एकआपसमा ठोक्किएपछि द्रुतमार्गमा श्रृंखलाबद्ध दुर्घटना भएको हो।

ठक्करपछि द्रुतमार्गको एक भाग अवरुद्ध भएको थियो। हिउँले चिप्लो बनेको सडकमा पछाडिबाट आएका सवारी साधनहरूले समयमै ब्रेक लगाउन नसक्दा ६० भन्दा बढी सवारी साधनहरू एकअर्कासँग ठोक्किएका थिए। दुर्घटनापछि केही सवारी साधनमा आगलागीसमेत भएको बताइएको छ।

दुर्घटना गुन्मा प्रिफेक्चरको मिनाकामी सहरस्थित कान–एत्सु एक्सप्रेसवेमा भएको हो। यस दुर्घटनामा ७७ वर्षीया महिलासहित दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

दुर्घटनाको समयमा वर्षको अन्त्य र नयाँ वर्षको बिदाका कारण सडकमा सवारी चाप बढी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका