Monday, August 24, 2026
Homeअपराध र घटनाचितवनमा १५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, आरोपी सन्देश भट्ट फरार

चितवनमा १५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, आरोपी सन्देश भट्ट फरार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकास्थित एक रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा एक युवकविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

पीडित परिवारले भरतपुर महानगरपालिका–७ का २८ वर्षीय सन्देश भट्टविरुद्ध जाहेरी दिएका हुन्। भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालिको रिसोर्टमा लगेर बलात्कार गरेको आरोप जाहेरीमा लगाइएको छ।

साउन ३१ गते भएको भनिएको घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको छ। पीडित पक्षबाट जाहेरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए।

‘जाहेरी प्राप्त भएको छ, हामी अनुसन्धान गर्दै छौँ,’ उनले भने।

जाहेरीअनुसार आरोपीले योजनाबद्ध रूपमा रिसोर्टमा कोठा बुक गरेको र बालिकालाई फकाएर त्यहाँ लगेको आरोप छ। रिसोर्ट पुगेपछि कोठाको चुकुल लगाएर बलात्कार गरेको र बालिकाले प्रतिकार गर्दै चुकुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख छ।

घटनापछि आरोपी भट्ट फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका