धरान (सुनसरी): पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ। बिहीबार राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा धरान–१५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान–१४ विजेता बनेको हो।
खेलको ६१औँ मिनेटमा धरान–१४ का विवेक राईले एक मात्र निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको अन्तिम समयसम्म दुवै टिमबाट थप गोल हुन नसकेपछि सोही गोल निर्णायक बन्यो।
विजेता धरान–१४ ले उपाधिसँगै नगद रु १ लाख ७५ हजार पुरस्कार प्राप्त गरेको छ भने उपविजेता धरान–१५ ले रु १ लाख प्राप्त गरेको छ।
व्यक्तिगत विधातर्फका पुरस्कार विजेता यस्ता छन्:
प्लेयर अफ द म्याच: धरान–१४ का आशिष पुरी — रु ५,५००
उत्कृष्ट गोलकिपर: धरान–१५ का राजीव खड्का — रु ५,५००
उत्कृष्ट डिफेन्डर: धरान–१५ का अस्तोष राई — रु ५,५००
उत्कृष्ट मिडफिल्डर: धरान–१५ का अरिक गुरुङ — रु ५,५००
उत्कृष्ट स्ट्राइकर: धरान–१४ का निमेश तामाङ — रु ५,५००
उत्कृष्ट प्रशिक्षक: धरान–१४ का शिव राई — रु ५,५००
हाइ स्कोरर: धरान–१७ का कृष्ण राई — रु ५,५००
राइजिङ प्लेयर: धरान–१७ का सुवास विक — रु ५,५००
यस वर्षको फेयर प्ले टिमको उपाधि धरान–१७ ले हात पारेको छ।
धरान रङ्गशालामा चैत ७ गतेदेखि सुरु भएको रात्रीकालीन प्रतियोगितामा धरानका १८ वटै वडाको सहभागिता थियो।


