Thursday, May 14, 2026
Homeअपराध र घटनाकीर्तिपुर हत्या प्रकरणका आरोपी पक्राउ गर्न खोज्दा चोभारमा गोली चल्यो

कीर्तिपुर हत्या प्रकरणका आरोपी पक्राउ गर्न खोज्दा चोभारमा गोली चल्यो

काठमाडौं । राजधानीको चोभार क्षेत्रमा प्रहरी र हत्या आरोपितबीचको पक्राउ अभियानका क्रममा गोली चलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गर्दा सुजन शाही घाइते भएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्या घटनाका मुख्य आरोपीमध्ये एक हुन् । उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ ।

घाइते शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाएको छ ।

केही दिनअघि कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार उक्त घटनामा तीन जना संलग्न थिए । हत्या घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बेला आज पक्राउ अभियानका क्रममा गोली चलेको हो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका