Sunday, August 2, 2026
Homeखेलकुदकाभा वुमन्स नेसन्स भलिबलः नेपालको विजयी सुरुआत

काभा वुमन्स नेसन्स भलिबलः नेपालको विजयी सुरुआत

काठमाडौं: नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ।

बिहीबार काठमाडौँमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट नेपालले २५–१९, दोस्रो सेट २५– १८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन्। राउन्ड रोविन‌ लिगपछि अंक तालिकाको‌ पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ।
नेपालका तर्फबाट सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यू गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका