Saturday, June 27, 2026
Homeराजनीतिकाठमाडौँ महानगरले आन्दोलनमा फोहोर गरेको र भैतिक क्षति पुर्याएको भन्दै ज्ञानेन्द्र शाहलाई...

काठमाडौँ महानगरले आन्दोलनमा फोहोर गरेको र भैतिक क्षति पुर्याएको भन्दै ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोक्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा गरी कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा वातावरण प्रदूषण तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै महानगरले जरिवाना गर्ने निर्णय गरेको हो।

शुक्रबार भएको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायतका स्थानमा तोडफोड र आगजनीका घटनाहरू भएका थिए। महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐनअनुसार उक्त जरिवाना लगाएको जनाएको छ।

महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र पठाएको छ। प्रदर्शन पूर्वराजाको सहमतिमा गरिएको भन्दै त्यस क्रममा जथाभावी फोहोरमैला फालिएको तथा सम्पत्तिमा क्षति पुगेको कारण देखाउँदै जरिवाना र क्षतिपूर्तिको माग गरिएको हो।

जरिवाना विवरण
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख

महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख

तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख

जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख

बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख

सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख

दमकल तोडफोड – रु १ लाख ३० हजार

तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड – रु ६३ हजार

महानगरले प्रदर्शनका क्रममा क्षति पुगेका सम्पत्तिको मर्मत तथा सरसफाइका लागि तत्काल जरिवाना तिर्न आग्रह गरेको छ।

WhatsApp Image 2025-03-29 at 16.21.40_62ce8dc9WhatsApp Image 2025-03-29 at 16.21.40_237c9828WhatsApp Image 2025-03-29 at 16.21.39_1d421835WhatsApp Image 2025-03-29 at 16.21.39_81f0a812WhatsApp Image 2025-03-29 at 16.21.40_8cb561b8WhatsApp Image 2025-03-29 at 16.21.38_a444216aWhatsApp Image 2025-03-29 at 16.21.38_bef89bf5WhatsApp Image 2025-03-29 at 16.21.39_7451bae2

Connect IPS

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका