Thursday, April 16, 2026
Homeखेलकुदएसिसी यु–१६ इस्ट जोन कपको फाइनलमा नेपाल फिल्डिङमा

एसिसी यु–१६ इस्ट जोन कपको फाइनलमा नेपाल फिल्डिङमा

काठमाडौँ, २१ असार: मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले फिल्डिङ गर्दै खेल सुरु गरेको छ।

टस जितेर सिङ्गापुरका कप्तान रियान नाइकले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्, जसअनुसार नेपालले पहिला बलिङ गर्दै खेल प्रारम्भ गरेको हो।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने सिङ्गापुरले हङकङलाई हराएर उपाधि भिडन्त पक्का गरेको हो।

समूह चरणमा यी दुई टोली आमनेसामने हुँदा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो।

यसै प्रतियोगिता अन्तर्गत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका